बढ्दो रसायनिक बिषादी न्युनिकरणका लागि सडक नाटक

प्रकाश सिग्देल

आइतबार, ०३ कार्तिक २०७६, १८ : १८
बढ्दो रसायनिक बिषादी न्युनिकरणका लागि सडक नाटक

– प्रकाश सिग्देल
चितवन । खाद्य वस्तुमा बढ्दो विषादीको मात्रालाई घटाउँदै अर्गानिक उत्पादनमा जोड दिन चितवनमा विगत केही वर्षदेखि नेपाल जनस्वास्थ्य प्रष्ठिान सक्रीया छ । प्रतिष्ठानले किसानहरुलाई सचेतना मुलक कायृक्रम सँगै तालिम सेमिनार र गोष्ठिमा सहभागी बनाई विषादीरहित खाद्य उत्पादनमा जोड दिएको छ । पछिल्लो समयमा खाद्य वालीमा अत्याधिक प्रयोग गर्न थालिएको रासायनिक विषादीको मात्रा घटाउँदै अर्गानिक खाद्य वस्तु उत्पादन र निरिोगी मानव जीवन विकासका लागि संस्था क्रियाशिल रहेको परियोजनाकी प्रमुख सिम्रन काफ्लेले बताउनुभयो । यही अभियान अन्र्तगत संस्थाले आइतबारबाट सचेतनामुलक सडक नाटक सुरु गरेको छ । 


चितवनको विभिन्न ठाउँमा सचेतना मुलक सडक नाटक प्रदर्शन शुरु गरिएको काफ्लेले जानकारी दिनुभयो । नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना चितवनको आयोजनामा रासायनिक विषादी न्यूनिकरणका लागि जनचेतना मुलक सडक नाटक सुरु गरिएको हो । पछिल्लो समयमा तरकारी तथा फलफुलहरुमा रसायनिक विषादीको प्रयोग बढेकाले कृषकहरुलाई रसायनिक विषादी प्रयोग न्युनिकरणसहित विषादी प्रयोग नै गर्ने हो भने पनि कसरी सुरक्षित प्रविधिबाट विषादी प्रयोग गर्ने भन्ने जनचेतना फैलाउन नाटक प्रदर्शन गरिएको परियोजना प्रमुख काफ्ले बताउनुहुन्छ ।

भेरिएसन ड्रामा ग्रुप चितवनले नाटक प्रर्दशन गरेको थियो ।  नाटकमा विकास पाठक, शर्मिला पाठक, सरस्वती तमाङ्ग, सविता तमाङ्ग र शिशिर पाठकको अभिनय रहेको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान फिल्ड अधिकृत डाक्टर अमृत पोख्रेलका अनुसार पढ्न पनि नपाएका र पढ्न नसक्नेहरुको लागि शव्य दृश्यमार्फत बुझाउन सहज होस भन्ने हेतुले नाटक प्रर्दशन गरिएको बताउनुभयो । परयोजनको कार्य क्षेत्र अन्र्तगत भरतपुर महानगरपालिकासहित, राप्ती, कालिका, खैरहनी नगरपालीकाका विभिन्न स्थानमा गरेर २४ ठाउँमा यो सडक नाटक प्रदशन गरिने छ । पहिलो दिन आइतबार भरतपुर ६ गीतानगर बजार र भरतपुर १४ को शिवनगर बजारमा नाटक प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस