जेसिज विकास रनिङ शिल्ड : एपीएफ विजयी, झापा ११ ट्राईबेकरमा स्तब्ध

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १८ : ३५
जेसिज विकास रनिङ शिल्ड : एपीएफ विजयी, झापा ११ ट्राईबेकरमा स्तब्ध

चितवन । भरतपुरको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा एपीएफ विजयी भएको छ । आजको खेलमा झापा ११ लाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो । 
आजको विजेता एपीएफले अब नेपाल आर्मी क्लवसँग भिड्ने छ । खेलको म्यान अफ द म्याच पनि एपीएफका गोल किप्पर अमृत चौधरी नै बने । 

निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलीएको थियो । ट्राईबेकरमा दुवै टिमका ६–६ जना खेलाडीले प्रहार गरेका थिए । एपिएफका किप्परले २ गोल बचाउन सफल भएका थिए भने झापाका किप्परले १ गोल मात्रै बचाए । 
प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस