सहरभित्रको सहर, पूरा भयो घुम्ने रहर : सिजी ल्याण्डमार्कमा फोटो खिच्नेको भिड

प्रकाश सिग्देल

शनिबार, ०२ कार्तिक २०७६, १७ : १७
सहरभित्रको सहर, पूरा भयो घुम्ने रहर : सिजी ल्याण्डमार्कमा फोटो खिच्नेको भिड

- प्रकाश सिग्देल
सहरभित्रको सहरका रुपमा परिभाषित गरिएको चितवनको भरतपुरमा रहेको ‘सिजी ल्याण्डमार्कमा फोटो खिचेर रहर पूरा गर्नेहरुको भिड बढ्दो छ । सिजी ल्याण्डमार्कको आकर्षक गेटले धेरैलाई लोभ्याएको छ । भित्र पसिसकेपछि सेन्सरयुत्तm गेटका कारण पनि धेरैलाई नयाँ र आनन्दको अनुभुति हुने गरेको छ । अहिले सिजीको मुल गेटदेखि नै फोटो खिच्ने र सहरभित्रको सहर हेर्ने रहर पूरा गर्नेहरुको सिजी ल्याण्डमार्कमा भिड बढ्दो छ ।
एउटै भवनभित्र छिरेर सबै आनन्दको अनुभुति गर्न सकिने गरी चौधरी ग्रुपले यहाँ ९ तले बिशाल ब्यावसायिक भवन निमार्ण गरेपछि यो भवनको चर्चा अहिले चुलिँदै गएको छ । सिजीभित्र छिरेर सामान खरिद गरी मनको रहर पूरा गर्नेहरुको भिड बढ्दो छ ।
होहल्लारहित धुलो धुँवारहित सबै हिसाबले आनन्दको अनुभुति हुने र घन्टौं भित्रै समय बिताएपनि समय गएको पत्तै नपाईने भएकाले सिजी ल्याण्डमार्कमा घुम्न र सामान खरिद गर्न आफुलाई आनन्द आउने गरेको गैंडाकोटकी कमला रिजालले बताउनु भयो । कोलाहालपुर्ण बजारभन्दा निकै फरक प्रविधिमैत्री एकै भवनमा सबै चिजको ब्यवस्था गरेकाले कपडा खरिददेखि खाजा खान समेत आफु यहीँ आउने गरेको उहाँ बताउनु हुन्छ । परिवारसहित आउँदा अझ मज्जा हुने र आफु अधिकांश समय  परिवारसहित यहाँ आउने गरेको उहाँ बताउनु हुन्छ ।


सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा दैनिक अत्यावस्यक सबै बस्तु खरिद गर्न सकिने र मनोरन्जनका लागि फिल्म हलदेखि होटल, स्वीमिङ पुल सबैको आनन्द लिन सकिने उहाँको भनाई छ ।
देशकै सबैभन्दा ठूलो सपिङ मलको रपमा सिजीलाई हेर्ने गरिएको छ ।  चौधरी ग्रुपले बनाएको सिजी ल्याण्डमार्क चितवनकै अग्लो र व्यवस्थित भवन हो । नयाँ पुस्तालाई लक्षित गरी स्थापना गरिएको सपिङ मलमा स्वदेशीदेखि अन्तर्रा्ष्ट्रिय ब्राण्डका सामग्री पाइन्छन् । बालकदेखि वृद्धवृद्धासम्मका हरेक सामग्री छानीछानी किन्न पाईने ब्यवस्थापन पक्षको दाबी छ । 
यहाँ बालबालिकाका लागि मनोरन्जनात्मक खेलका सामग्री समेत  रहेकाले बालबालिकाको आकर्षणको केन्द्र समेत बनेको भरतपुरकी अन्जली अधिकारीले बताउनु भयो । शनिबार बिदा भएपछि आफ्नो बाबु नानीले सिजी जाउँ भनी हैरान पार्ने र फुर्सद हुनासाथ आफुले ल्याउने गरेको बताउनु भयो ।
अहिले दैनिक सिजी ल्याण्डमार्कमा दैनिक ७ देखी १० हजार मानिसले भ्रमण गर्ने गरेको त्यहाँका म्यानेजर उज्वल केसीले बताउनु भयो । उहाँका अनुसार दैनिक तीस लाखसम्मको ब्यापार भएको छ ।  

अण्डरग्राउण्ड पार्किङ
‘सिजी ल्याण्डमार्क’को मुख्य विशेषता अण्डरग्राउण्ड पार्किङ हो । ‘सिजी ल्याण्डमार्क’का म्यानेजर उज्वल केसीले दुईतले अण्डरग्राउण्ड पार्किङ रहेको बताउनु भयो । अन्तिम अण्डरग्राउण्डमा मोटरसाइकल पार्किङ र माथिल्लो अण्डरग्राउन्डमा गाडीहरुको पार्किङ स्थल छ  । केसीका अनुसार  पार्किङमा २५० वटा मोटरसाइकल र ६५ वटा गाडी सजिलै अट्न सक्छन् ।

अन्तर्रा्ष्ट्रिय ब्राण्डका सोरूमहरु
यहाँ विश्वबिख्यात अन्तर्रा्ष्ट्रिय ब्राण्डका सोरूमहरु पनि रहेका छन् ।  लेडिज आइटम र बच्चाका लागि स्वदेशी तथा विदेशी ब्राण्डका कपडा उपलब्ध रहेका छन् । म्यानेजर केसीका अनुसार ग्राउन्ड फ्लोर र पहिलो, दोस्रो र तेस्रो फ्लोरमा दैनिक उपभोग्य वस्तु र  खैलौनादेखि कम्मेटिकसम्म, जुत्तादेखि फर्निचर्ससम्म, कपडादेखि मोबाइलसम्म सबै यहीँ पाइन्छ । तेस्रो तल्लामा भने विद्युतीय उपकरणका पसलहरू सञ्चालनमा छन् ।  

चौथो तल्ला ‘फूड कोर्ट’
चौथो तल्लामा ‘फूड कोर्ट सन्चालनमा छ । चौथो तल्लाको आधा भागमा फूडस्पट र बारको व्यवस्था गरिएको छ । नेपाली मौलिक खानादेखि, चाइनिज, इन्डियन तथा भेज र ननभेज खानाका परिकार यहाँ पाइन्छ । 
चौथो र पाँचौ तल्लाको आधा भागमा दुईवटा ४०० सिट क्षमताको सिनेमा हल राखिएको छ । ‘सिने प्लेक्स’ सिनेमा हल सन्चालन भईसकेको छ ।

सेमिनार हल, स्वीमिङ पूल र चेन होटल
पाँचौ तल्लाको आधा भागमा भने सेमिनार हल राखिएको छ । छैटौंदेखि नवौं तल्लासम्म भारतीय फर्न होटलको चेन होटल सञ्चालनमा आएको छ । चौधरी ग्रुपको लगानीमा भारतको मुम्बइमा रहेको फर्न होटलको चेनको रूपमा यो होटल सञ्चालनमा आएको हो । 
छैटौं तल्लामा होटलको लबी, रेस्टुरेन्ट तथा स्वीमिङ पूलसहितको बार सञ्चालनमा छ । मध्यनेपाल भएकाले धेरै संघ–संस्थाका गोष्ठी र सेमिनारका लागि लक्षित गरी सभा हल बनाएको  म्यानेजर केसीले जानकारी दिनु भयो । बिहे, ब्रतबन्ध, भोजभतेर, पार्टी, सम्मेलनहरु सजिलै चलाउन सकिने ब्यवस्था यहाँ गरिएको छ ।  
होटलको छैटौं तल्लामा स्वीमिङ पूल र बार छ । ३ सयदेखि ४ सय जनालाई रुफ टप गार्डेनमा पार्टी गर्न सकिने उहाँले बताउनु भयो । भरतपुरको सबैभन्दा अग्लो ठाउँमा बसेर आसपासको दृष्य हेर्दै आराम गर्न सकिने उहाँ बताउनु हुन्छ ।

सपिङ मलको विशेषता
सपिङ मलमा चार वटा लिफ्ट छ । चार वटा स्क्यालेटर छ । आठ वटा आधुनिक शौचालय छ । ग्राउन्ड फ्लोरमा अपाङ्गमैत्री शौचालय पनि रहेको छ । दुई वटा सिँढी छ । सपिङ मल पूरा एसी जडान रहेको छ । मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म ३६५ दिन नै खुला रहने म्यानेजर उज्वल केसीले बताउनु भयो । 
सीजीको शपिङ मलमा आएपछि क्वालिटीको सामान र सर्भिस पाइन्छ भन्ने स्थापित गर्न लागेको उहाँले बताउनु भयो । राजधानी काठमाडौं उपत्यकापछिको विकसित शहर भएका कारण भरतपुरमा व्यवस्थित शपिङ मलको पूर्ति ल्याण्डमार्कले गर्ने उहाँ बताउनु हुन्छ । सपिङ गर्नकै लागि काठमाडौं जानुपर्ने अवस्था अन्त्य भएको उहाँको दाबी छ ।
शैक्षिक, पर्यटकीय, मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा पछिल्लो समयमा खुलेका यस्ता भवन र व्यापारिक कम्प्लेक्सहरुले उपभोक्ताहरुलाई पर्याप्त छनोटको अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस