जेसिज विकास रनिङ शिल्डमा आज सशस्त्र र झापा ११ भिड्दै

शनिबार, ०२ कार्तिक २०७६, १० : ४१
जेसिज विकास रनिङ शिल्डमा आज सशस्त्र र झापा ११ भिड्दै

चितवन । भरतपुरको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा आज पनि एक खेल हुँदैछ । 

दिउँसो ३ बजेपछि सुरु हुने खेलमा सशस्त्र प्रहरी बल र झापा ११ आमुने सामुने हुँदै छ । आजको खेलका विजेताले नेपाल आर्मि क्लबको सामना गर्नुपर्नेछ । 

यसअघि भएको खेलबाट चितवन ११ र नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरीसकेको छ । चितवनले मक्वनपुरलाई ३ दुईले र पुलिस सरस्वती युवा क्लबलाई ५ सुन्य गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

क्याम्पाचौरमा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउनेछन्।
 

प्रतिक्रिया दिनुहोस