जेसिज विकाश रनिङ्ग शिल्डमा पुलिसको विजयी सुरुवात, सरस्वती ५ सुन्यले स्तव्ध

सफल खबर संवाददाता

शुक्रबार, ०१ कार्तिक २०७६, १८ : ४३
जेसिज विकाश रनिङ्ग शिल्डमा पुलिसको विजयी सुरुवात, सरस्वती ५ सुन्यले स्तव्ध

चितवन । भरतपुरको नारायणगढमा जारी जेसीज विकाश रनिङ्ग शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा सरस्वती युवा क्लब काठमाण्डौलाई ५ सुन्य गोल अन्तरले पराजित गर्दै पुलीसले विजयी सुरुवात गरेको हो । 

पुलिसको जीतमा जर्सि नम्बर ९ का सुमन तामाङले ह्याट्रिक गरे । उनले खेलको पहिलो १ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुमनले ७३ औ र ७९ औँ मिनेटमा थप २ गोल गरेका थिए । 
यस्तै जर्सि नं. १४ का निर कुमार राईले २४ औँ मिनेट र १३ नं. जर्सिका हेम तामाङले ४८ औँ मिनेटमा १ गोल गरे । 
पुलिसका सामु निक्कै कमजोर देखिएको सरस्वतीको टिमले केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्कनुप¥यो । 
खेलको म्यान अफ दि म्याच पुलिसका सुमन बनेका छन् । प्रतियोगिता अन्तर्गत भोली सशस्त्र प्रहरी बल टिम र झापा ११ भिड्ने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउनेछ ।
 

प्रतिक्रिया दिनुहोस