क्यान फुकुवा भएलगत्तै पारस खड्काले छोडे नेपाली टिमको कप्तानी

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १२ : २६
क्यान फुकुवा भएलगत्तै पारस खड्काले छोडे नेपाली टिमको कप्तानी

काठमाडौं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी हस्तान्तरणको निर्णय लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।
झण्डै एक दशकदेखि खड्काले राष्ट्रिय टिमको नेतृत्व सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस