पत्रकार अर्जुन बोहोराको उपचारमा आर्थिक अभाव, सहयोग गर्न परिवारको आग्रह

उर्गेन तामाङ

सोमबार, २७ असोज २०७६, १५ : २९
पत्रकार अर्जुन बोहोराको उपचारमा आर्थिक अभाव, सहयोग गर्न परिवारको आग्रह

चितवन । मस्तिष्क घातका कारण उपचाररत पत्रकार अर्जुन बोहोराको उपचारमा आर्थिक अभाव भएको छ । उनको काठमाडौंको बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । मस्तिष्क घातका कारण उनको शरिरको दाइने भाग चल्न छोडेको छ भने आवाज बन्द भएको छ ।

यही असोज १९ गते बोहोरा एक्कासी बेहोस भएको र त्यसपछि बोली सहित शरिरको दाहिने भाग चल्न छोडेको उनका दाइ विष्णु बोहोराले जानकारी दिए । दशै अघि नै रोगले च्यापे पनि आर्थिक अभावले उपचारका लागि ल्याउन संभव नभएको र आर्थिक जोहो गरेर हिजो मात्रै ल्याएर उपचार सुरु गरिएको दाइ विष्णुले बताए ।

उपचारमा दैनिक १५ देखि २० हजारको दरले खर्च भईरहेको छ तर कतिदिन उपचारमा राख्ने भन्ने निश्चित भई नसकेको अस्पतालले जनाएको छ । मस्तिष्कको दाहिने भागमा रगत जमेको देखिएको र यसको अन्तिम रिपोर्ट आउन बाँकी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

थाहा मिडियाका हुम्ला संवाददाता समेत रहेका बोहोरा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष हुन् । बोहोराको उपचारका लागि सहयोग गर्न देशभरका थाहा संवाददाता तथा पत्रकारहरुले आर्थिक अभियान संचालन गरिरहेका छन् । 
उनको उपचारका लागी बिष्णु बोहोराको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय सिमिकोट हुम्लाको खाता नम्बर ४१९०००४९२७१० मा जम्मा गर्न सकिने परिवारले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस