सीको स्वागतमा राखिएको ब्यानर च्यात्‍ने पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, ११ : १४
सीको स्वागतमा राखिएको ब्यानर च्यात्‍ने पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

प्रहरीले यसअघि पनि काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेको छाडेको थियो । नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए ।


 

प्रतिक्रिया दिनुहोस