कुन उमेरमा कति घण्टा सुत्ने ?

सफल खबर संवाददाता

सोमबार, २० असोज २०७६, १२ : ४१
कुन उमेरमा कति घण्टा सुत्ने ?

काठमाडौं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।

अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ ।  शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ ।

एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ ।

तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ ।

६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ ।

चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।

अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ ।

पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस