दसैंमा यसरी बनाउन सकिन्छ स्वस्थकर खसीको सेकुवा

सोमबार, २० असोज २०७६, १२ : १४
दसैंमा यसरी बनाउन सकिन्छ स्वस्थकर खसीको सेकुवा

काठमाडौं । स्वादिलो खाना खान मन मात्र भएर पनि हुँदैन। खानालाई स्वादिलो बनाएर पकाउने कला पनि आवश्यक हुन्छ। अझ चाडपर्वको समयमा घरमा विभिन्न खानेकुरा पाक्ने गर्छन्। 

आवश्यक सामग्री
खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धुलो दुई चम्चा, बेसार दुई चम्चा, तेल चार चम्चा, जिराको धुलो डेढ चम्चा, धनियाँको धुलो डेढ चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, गरम मसला एक चम्चा, कागतीको रस चार चम्चा, नुन स्वादअनुसार ।

पकाउने विधि
​सबैभन्दा पहिले मासुलाई ससाना टुक्रामा काट्ने र सबै मसला मिसाएर तोरीको तेलमा मोल्ने । त्यसपछि एक घन्टाजति राख्ने । एक घन्टापछि उक्त मासुका टुक्रालाई झिरमा उनेर कोइलाको रापमा बिस्तारै फर्काई–फर्काई सेक्ने । राम्रोसँग पाकेपछि मुलाको अचारसँग सर्भ गर्ने ।

प्रतिक्रिया दिनुहोस