जापान र सेन्ट्रल कलेज पर्याय : प्रबन्ध निर्देशक वाइबी पौडेल

सोमबार, १३ असोज २०७६, १५ : ४२
जापान र सेन्ट्रल कलेज पर्याय : प्रबन्ध निर्देशक वाइबी पौडेल

चितवन । सन् २०१० मा स्थापना भएको हो सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि । यसको प्रधान कार्यलय काठमाडौं पुतली सडकमा रहेको छ । यसको मुख्य शाखा कार्यालय सहिदचोक नारायणगढमा रहेको छ । यसबाहेक चितवनकै चनौली, पार्वतीपुर, माडी, रत्ननगर, खैरहनीमा पनि यसका शाखाहरु छन् । 

झन्डै ९ वर्षदेखि सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई जापानिज भाषाको कक्षा र आवश्यक परामर्श दिँदै आइरहेको छ । गुणस्तरीय जापानिज भाषा कक्षा र परामर्श दिँदै आएको सेन्ट्रल कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जितिरहेको छ ।

यहाँ परामर्श लिन सयौँ विद्यार्थीहरु अहिले पनि लाइनमा बसेका हुन्छन् । सयौँ विद्यार्थीहरुको विश्वासको आधार बनेको सेन्ट्रल कलेज अहिले जापानको पर्यायवाची नै बनेको छ । 

जापानिज प्राध्यापकबाट यतिबेला सेन्ट्रल कलेजले विद्यार्थीहरुलाई पढाइरहेको छ । जापानिजबाट जापानिज भाषा पढाउने चितवनकै एकमात्र कलेज हो सेन्ट्रल कलेज । नेपालकै नमुना बनेर सेन्ट्रल कलेज गुणस्तरीय जापानिज भाषा पढाइरहेको छ । 

सेन्ट्रल कलेजको विषयमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि चितवनका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल(वाइबी) सँग गरिएको कुराकानी :

 –सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि कस्तो संस्था हो ? 

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि मुख्य रुपमा जापानिज भाषा, तालिम र परामर्श दिने नेपालकै नुमनाको रुपमा रहेको संस्था हो । स्थापनाकालदेखि हामी जापानिज भाषा पढाउने, परामर्श दिने, विद्यार्थीलाई जापान पठाउने, जापानको संस्कृतीबारे जानकारी गराउने, जापानको नियम कानुनबारे विद्यार्थीलाई परामर्श दिने संस्थाको रुपमा यो संस्था चिरपरिचित छ । हामीले विगत ९ बर्षदेखि जापानिज भाषा पढाइरहेको छ । यतिमात्र होइन, सही परामर्श दिएका छौँ । 

स्वदेशी तथा विदेशी शिक्षाको परामर्श दिने हाम्रो संस्था हो । हामी विद्यार्थीहरुलाई सही परामर्श दिँदै जापानिजबाट पढाएर जापान पठाउने चितवनको पहिलो र नेपालकै नमुना संस्था हो । गुणस्तरीय सेवाको कारण सेन्ट्रल कलेज जापानको पर्यायवाची नै बनेको कुरामा हाम्रो दावीमात्र होइन, विद्यार्थीहरुकै मूल्यांकन हो । 

–स्थापनादेखि यसले कस्तो परामर्श दिँदै आएको छ ?

हाम्रो कम्पनी सन् २०१० मा दर्ता भएर सञ्चालन गरिएको हो । दर्ता भएर सन्चालनमा आएदेखि नै हामी उचित परामर्शमा कुनै कन्जुस्याइँ गरेनौँ । गुणस्तर दियौँ । गुणस्तरको लागि फटाफट जापानको लागि भिषा लाग्यो ।  यसको प्रधान कार्यालय काठमाडौंमा हो र यसको मुख्य शाखा सहिदचोक नारायणगढमा रहेको छ । 

चितवनमा मात्र होइन, बुटवल र पोखरामा पनि शाखा कार्यालयहरु रहेको छ । निकट भविष्यमा अन्य ठाउँमा पनि शाखा बिस्तार गर्ने लक्ष्य रहेको छ । स्थापनादेखि नै गुणस्तरीय भाषा पढाइरहेको हुनाले हामी धेरै विद्यार्थी तथा अभिभावकहरुको विश्वासको खम्बा बन्न सकेका छौँ । 

–सेन्ट्रल कलेजमा विद्यार्थीहरु किन आउने ? 

गुणस्तरीय भाषा शिक्षाको लागि, सही परामर्शको लागि र जापान जाने अवसरको ढोका खोल्नको लागि विद्यार्थीहरु सेन्ट्रल कलेज आउनुपर्छ । हामीकहाँ विद्यार्थी कहिल्यै कमी छैन । हामीले पहिला पठाएको विद्यार्थीहरुलाई सोध्नूस् सेन्ट्रल कलेज किन जाने ? उत्तर हामीले दिनुभन्दा उनीहरुको उत्तर नै काफी हुन्छ । 

हामीले उहाँहरुलाई सही र उचित परामर्श दिएका छौँ, कुनै विद्यार्थी सेन्ट्रल कलेज आएर धोका पाउँदैनन् । अहिलेसम्म हजारौँ विद्यार्थी हामीले जापान पठाएका छौँ । हामीले राम्रो इतिहास बनाएका छौं । हामीसँग योग्य प्रशिक्षकहरु हुनुहुन्छ । 

जापानबाटै प्रशिक्षकहरु आउनुभएको छ । जापानिज भाषा जापानकै विश्वविद्यालयमा ख्याति कमाएका शिक्षकहरु यहाँ हुनुहुन्छ । हामीसँग विद्यार्थीहरुलाई सहि र उचित परामर्श दिने योग्य परामर्शदाताहरु हुनुहुन्छ । हामीले अहिलेसम्म सधैं विद्यार्थीहरुको विश्वास जितेका कारणले हामीकहाँ विद्यार्थी आउनु मुख्य कारण नै हो । 

नेपालबाट विद्यार्थीहरुलाई जापान पठाएपछि उनीहरुले उहाँ केके गरेका छन् ?

सेन्ट्रल कलेजको परामर्श लिएर जाने विद्यार्थी जापानमा जमेका छन् । पढेका छन् र पैसा कमाएका छन् । आफ्नो सीप बेचेका छन् । लामो समय जापान बसेर स्वदेशमै आएर काम पनि गरिरहेका छन् ।  हामी विद्यार्थीहरु सँग कम्तीमा पनि २ बर्ष नियमित सम्पर्कमा रहन्छौ । 

विद्यार्थीहरुको पढाई कस्तो भइरहेको छ, कामको अवस्था के छ ? भनेर हामी अपडेट लिन्छौँ । यस्तै हाम्रो माध्यमबाट गएका विद्यार्थीहरुलाई केही समस्या छ कि छैन भनेर पनि हामी बुझिरहन्छौं । सेन्ट्रलबाट जाने विद्यार्थीहरु केही समस्यामा परेका छैनन् । परे पनि हामी तत्काल त्यसको समाधानको प्रयास गर्छौं । 

–तपाईहरु विद्यार्थीलाई कसरी सही र उचित परामर्श दिनु हुन्छ ?

मैले अघि पनि भने जापानिजबाट परामर्श दिने गरेका छौँ । जसका कारण विद्यार्थीहरुले सही परामर्श लिन पाउँछन् । जापानको परामर्श दिँदा हामी त्यहाँको रहनसहनलाई मध्यनजर गरेर परामर्श दिँदै आएका छौँ । त्यहाँको धार्मिक, सांस्कृतिक सबैबारे जानकारी दिन्छौँ । 

हामी विद्यार्थीहरुलाई सर्वप्रथम जापानिज भाषा राम्ररी पढाउछौँ । जापानको नीतिनियम, त्यहाँको कलेजहरुको नियमलगायतको बारेमा विद्यार्थीहरुलाई परामर्श दिने गर्दछौँ । 

–कुनैको भिसा लागेन भने के हुन्छ ? 

हाम्रो सही परामर्शले भिसा नलाग्ने भन्ने कुरा हुँदैन । तर चामलमा बिया भएजसरी एकादुईको आफ्नै डकुमेन्ट बिग्रेर नलागेको पनि हुन्छ । हामीकहाँ पनि सत्प्रतिशत भिसा लाग्छ भनेर भन्न सक्दिन । तर झन्डै ९० प्रतिशत विद्यार्थीहरुको भिसा लागिरहेको छ । केहीको लाग्दैन, विद्यार्थीको डकुमेन्ट बिग्रेर नलागेको हुन्छ, तर कलेजको कारणले नलाग्ने हुँदैन । कसैको नलागे हामी फेरि परामर्श दिन्छौँ र दोस्रो पटकको लागि कोशिस गर्छौँ  ।

–कति खर्च लाग्छ ?

जापान अध्ययन र रोजगारीका लागि उपयुक्त गन्तव्य हो । सबै वर्गका विद्यार्थी सहजै जान सक्ने अवस्था छ । पढाइ ग्याप भएका, मध्यमस्तरका सबै विद्यार्थी जान सक्ने अवस्था छ । जापान करिब १२ लाख रुपैयाँमा जान सकिन्छ । १ वर्षको फी, ६ महिनाको होष्टेल खर्च, प्लेन भाडा, आवश्यक किनमेल, सामान्य पकेट खर्च गर्दा १२ लाखले पुग्छ ।

जान धेरै लगानी गर्नुपर्ने आवश्यकता छैन । यहाँ भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहाँ पुगेर पछि १–२ वर्ष भाषा स्कूलमा जानुपर्छ । यहाँबाट जाने करिब ९८ प्रतिशत विद्यार्थी जापानिज कोर्षकै लागि जान्छन् । त्यहाँ भाषा कक्षा लिएपछि आफूले चाहेको कलेज, युनिभर्सिटी रोज्न पाउनेछन् ।

जापान सरकारले विद्यार्थीलाई पढाइसँगै काम गर्ने अवसर पनि दिएको छ । विद्यार्थी पढाइ भिसामा गएपनि पढाइ पूरा भएपछि कामदार भिसामा परिणत गर्न मिल्ने अवस्था छ । त्यहाँ रोजगारी वा व्यवसाय गर्ने प्रशस्तै अवसर छन् ।

–कति पढेर जाने हो जापान ? कस्तो वातावरण छ  ?

एसईई पढाइ पूरा गरेपछि जापान जान सकिन्छ । तर १२ कक्षा सकेर जानु अत्यन्तै राम्रो हुन्छ । त्यसैले जापान जान चाहने विद्यार्थीको चाप बढी छ । जापानमा भाषा स्कूल करिब ४ सय छन् । यस्तै सीपमूलक तालिम दिने, पढाइ हुने सयौँ कलेजहरु छन् । भाषा कलेजको पढाइ सकेपछि यहाँबाट जाने विद्यार्थीको खर्च तुलनात्मकरुपमा कम हुन्छ ।

नारायणगढ शाखाको व्यवस्थापन सबल छ । अनुभवी प्रशिक्षक छन् । भाषा पढाउने र जापानमै पढेर आएका दक्ष प्रशिक्षकले भाषा कक्षा लिदै आइरहेका छन् । हाम्रोमा १५ औँ सिफ्टसम्मका भाषा कक्षा चलिरहेका छन् । कम्युटर, होटल, प्राविधिक अन्य तालिमहरु चलाउँदै आइरहका छौँ । 

भाषा पढाउने र तालिमसमेत दिन पाउने मान्यता पाएको एक मात्र कलेज हाम्रो हो । यहाँ भाषा कक्षा लिन आउनेहरुबीच भाषा अभ्यास गरिन्छ । सकेसम्म जापानी भाषामै बोल्नुपर्ने वातावरण बनाएका छौँ । यहाँ जापानकै कलेज स्कूलका सम्बन्धित व्यक्तिले बेलाबखत ‘गेष्ट क्लास’ दिदै आएका छन्, जुन प्रभावकारी बनेको छ । 

–कुनकुन ठाउँ विद्यार्थीहरुको रोजाइमा पर्छन् ?

जापान जाने अधिकांश विद्यार्थीले टोकियो, ओशाका, नागोया, फुकोओकालाई रोजाइँमा पार्छन् । जापानको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । ठाउँअनुसार फरक–फरक छ । होकाइदो चिसो क्षेत्र, टोकियो, ओशाका, नागोया मध्यम हावापानी छ ।

यस्तै हिरोसिामा, फुकोओका, ओकीनाका केही गर्मी हुने क्षेत्र हो । जापानमा आईटी, होटल क्षेत्रका रोजगारीका राम्रा अवसर छन् । जापानको शिक्षा विश्वव्यापी छ । जापानको जनसंख्या घट्दो क्रममा छ । युवा जनशक्ति अभाव छ । साइड सिटीमा काम गर्ने जनशक्ति अभाव छ । उद्योग खुल्ने क्रम बढेको छ । त्यसैले पनि यहाँ रोजगारीको राम्रा अवसर छन् ।

जापानले नेपालसहितका केही देशबाट दक्ष तथा अर्धदक्ष कामदार लैजाने नीति पास गरेको छ । जसले गर्दा अब कामदार भिसामा समेत जान पाउने अवस्था बनेको छ । तर, नेपाल सरकार र जापान सरकारले संयुक्तरुपमा छनौट गरेर कामदार जापान जाने बाटो खुलेको छ ।

अन्त्यमा ?

सेन्ट्रल कलेज धेरै विद्यार्थीहरुको आस्थाको केन्द्र बनेको छ । जो कोही विद्यार्थीहरु जापान जान चाहनुहुन्छ र तपाईहरुलाई कुनै पनि किसिमको परामर्श चाहिएको छ भने ढुक्क भएर हामी कहाँ आउनुहोस् ।

हामी तपाईहरुलाई उचित र सहि परामर्श दिन्छौँ । जापान जाने सोचमा हुनुहुन्छ भने सबै कुरा बुझेर प्रक्रिया बढाउनुहोला । यही नै भन्न चाहन्छु । 

प्रतिक्रिया दिनुहोस