शुल्क वृद्धि विरुद्ध अनेरास्ववियूः राप्ती नगर कमिटिले बुझायो ज्ञापनपत्र, खैरहनीको ताला खुल्यो

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, २१ : १७
शुल्क वृद्धि विरुद्ध अनेरास्ववियूः राप्ती नगर कमिटिले बुझायो ज्ञापनपत्र, खैरहनीको ताला खुल्यो

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका भित्र रहेका निजि बिध्यालयहरुमा मासिक शुल्क वृद्धि भएकोप्रति नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी राप्ती नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी राप्ती नगर कमिटीले संयुक्त रुपमा आज आईतबार निजि बिध्यालयहरुले मासिक शुल्क वृद्धि गरेकोले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्ती नगरपालिकाका शिक्षा शाखा प्रमुख शम्भु पौडेललाई ज्ञापन पत्र बुजाएका छन ।  

शैक्षिकशत्र सुरु नहुदै मनोमानी ढंगले चर्को शुल्क वृद्धि गर्ने बिध्यालयहरुको अनुगमन गरि कार्बाही हुनुपर्ने, बिध्यालय शुल्क मापदण्ड निर्दे्शिका विपरीत बढाइएको शुल्क तत्काल फिर्ता हुनुपर्ने,  संस्थागत बिध्यालयले विध्यमान नियम अनुसार उपलब्ध गराउनुपर्ने छात्रवृत्तिलाई पुर्ण रुपमा निशुल्क बनाई प्रभावकारी कार्यान्वयन गराउनुपर्ने र छात्रवृत्तिको अनुपात बढाएर कुल बिध्यार्थिको २० प्रतिशत प्रदान गराउनुपर्ने लगायतका ४ बुदे मागहरु रहेका छन।                    

बिध्यार्थीको अभिभावकहरुको ढाड सेक्ने गरि बढाएको शुल्क वृद्धि तत्काल फिर्ता लिन र आफुहरुको माग ४८ घन्टा भित्र सम्बोधन नभए अनेरास्ववियु यसका विरुद्ध कडा संघर्षमा उत्रिने अनेरास्ववियु राप्ती नगर कमिटीका संयोजक अनुज न्यौपानेले चेतावनी समेत दिनुभएको छ।

यसअघि गत शुक्रबार खैरहनी नगरपालिका भित्र रहेका केहि निजि विध्यालयहरुले बढाएको शुल्क वृद्धिप्रति नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी खैरहनी नगर कमिटीले संयुक्त रुपमा लगाएको ताला आज आईतबार सहमतीमा खुलाईएको छ ।
 

प्रतिक्रिया दिनुहोस