चितवन मेडिकल कलेजलाई  २४ घण्टे अल्टिमेटम

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, १७ : ५४
चितवन मेडिकल कलेजलाई  २४ घण्टे अल्टिमेटम

चितवन । चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

रकम फिर्ताका लागि असोज १० गतेसम्म फिर्ता रकम सम्बिन्धि प्रतिबेदन तयार पार्ने र बढी लिएको रकमको भरपाई दिने सहमती भएको थियो । तर तोकिएको म्याद सकिएपनि ति दुबै कुरा गर्न कलेज प्रशासन तयार नभएपछि विद्यार्थी र अभिभावक पुनः आन्दोलनमा जान बाध्य भएका हुन् । 

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भरपाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित वृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संघर्ष समिति संयोजक निर्मला कँडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस अगाडि भएको सम्झौता अनुरुप प्रतिवेदन तयारीका सम्पूर्ण बाँकी काम पूरा गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टाको अल्टिमेटम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस