ब्यक्तिगत चाहनाभन्दा सामुहिकतामा विश्वास गरौँ

बुधबार, ०८ असोज २०७६, १४ : २०
ब्यक्तिगत चाहनाभन्दा सामुहिकतामा विश्वास गरौँ

– सुरेश बास्तोला

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मिति २०७५ जेष्ठ ३ मा पार्टी एकता भइ नेकपा गठन भएको १६ महिना पुगिसकेको छ । यतिबेला दुई पार्टीबीच सहमति अनुरुप संगठानिक एकता र भातृसङ्ठन एकता द्रुत रुपमा अगाडि बढिरहेको छ । प्रमुख नेतृत्वहरु यो सङ्गिन समयमा बहुत चनाखो, विवेकी र सही मूल्यांकनकर्ता हुनु पर्ने सम्पूर्ण नेकपा समर्थकको भनाइ रहेको छ । सो अनुरुप इमान्दारले नेतृत्व नपाएमा नेकपाको ठूलो हिस्सा निष्क्रिय रुपमा रहने अहिलेको अवस्थाले देखाएको छ ।
एकातिर दुईतिहाइको बामपंथी सरकारले जनमुखी कार्य गर्न नसक्नु, सरकार बेलाबेलामा आलोचित भइरहनुले नेकपाकै समर्थक हिस्सालाइ ठूलो चोट पुगेको छ । अहिलेको साङ्गठनिक एकता र भातृ सङ्गठन एकतामा पनि कुनै व्यक्ति विशेषको रुचिलाई प्राथमिकता दिने हो भने यो एकताले ठूलो उपलब्धी हात पार्ला जस्तो देखिन्न । जस अनुरुप अर्को चुनाव आइपुग्दासम्म नेकपाबाहेक अरु शक्तिले यस्को फाइदा लिने देखिन्छ । 
राजनितिक वितृषणाले यतिबेला हरेक नागरिक आत्तिएका छन् । यस्तो अवस्थामा नेकपाले जनमुखी कार्य गर्नु आजको आवश्यकता एवम् समयको माग पनि हो । तसर्थ आजै विवेकी बनौँ, ब्यक्तिगत चाहनाभन्दा सामुहिकतामा विश्वास गरौँ । हामी सबै मिली एकताबद्ध नेकपा निर्माणको महाअभियानमा लागौँ । (भरतपुर–१३)

प्रतिक्रिया दिनुहोस