चितवन मेडिकल कलेजको समस्या समाधान गर्न अभिभावक संघर्ष समिति गठन

प्रकाश सिग्देल

मंगलबार, ०७ असोज २०७६, १८ : ४०
चितवन मेडिकल कलेजको समस्या समाधान गर्न अभिभावक संघर्ष समिति गठन

– प्रकाश सिग्देल
चितवन । चितवन मेडिकल कलेजको समस्या समाधानका लागि अभिभावक संघर्ष समिति गठन भएको छ । कलेजले प्रवाह गर्ने मेडिकल शिक्षामा देखिएको समस्या समाधानका लागि विद्यार्थीको पहलमा यस्तो समिति बनेको हो । निर्मला कंडेलको संयोजकत्वमा ९ सदस्य समिति निर्माण भएको हो । समितिका सदस्यहरुमा मिना दुवाडी, तोयानाथ कंडेल, बिष्णुप्रसाद सापकोटा, बिश्वास श्रेष्ठ, देवबहादुर क्षेत्री, बिष्णु भक्त मानन्धर, लक्ष्मि पाण्डे र तिलक दलामी रहनुभएको छ । 

चिकित्सा शिक्षा संघर्ष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थीको अनुरोधमा अभिभावक भेला गरी मेडिकल शिक्षाका समस्याको बारेमा बृहत छलफल मार्फत समस्या समाधानमा अभिभावकलाई थप जिम्मेवार बनाउन अभिभावक संघर्ष समिति गठन भएको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । त्यस्तै भेलाले कलेजले लिएको अतिरिक्त शुल्कको भरपाई ११ गते लिने निर्णय गरेको चन्दले बताउनुभयो । त्यस्तै ११ गते रसिद नदिएको खण्डमा थप संघर्ष गर्ने निर्णय भएको समेत उहाँ बताउनु हुन्छ ।

त्यस्तै यस अघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सम्झौता कार्यान्वयनमा दवाव दिने र सोही बैठकमा भएको निर्णय बमोजिम ३० दिनभित्र पैसा फिर्ता वा समायोजन गर्ने निर्णय कार्यान्वयनमा ल्याउन पनि समितिको महत्वपूर्ण काम हुने उहाँको  भनाइ छ । नेपाल सरकार गृहमन्त्रालय, शिक्षा मन्त्रालयले समेत बढी शुल्क १ महिनाभित्र फिर्ता गर्न भनेकाले आफूहरु सरकारी निर्णय कार्यान्वयन गराउन दवाव दिने अभियानमा सक्रीय भएको विद्यार्थी प्रविन स्यागंतानले बताउनुभयो । यो समितिले कलेजमा भएका शैक्षिक र शुल्क सम्बन्धि समस्या समाधानमा काम गर्ने र यस अघि जिल्ला प्रशासनमा भएको सम्झौता अनुरुप काम नभए समितिले आन्दोलन थप चर्काउने अभिभावक संघर्ष समिति संयोजक कंडेलले बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस