कक्षा ११ को नतिजा प्रकाशित

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, १० : ३१
कक्षा ११ को नतिजा प्रकाशित

कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  

राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । 

देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  

यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस