बीमाको दायारा स्थानिय तहमा फराकिलो पार्न बीमा समितिको जोड

शुक्रबार, १९ माघ २०७४, १७ : ३२
बीमाको दायारा स्थानिय तहमा फराकिलो पार्न बीमा समितिको जोड


चितवन / बीमा सम्बन्धी ज्ञान अभावका कारण बीमा गर्नेको संख्यामा बृद्धि हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । अझै पनि बीमा सम्बन्धी ज्ञान शहरकेन्द्रीत मात्र रहेकाले गाउँ स्तरमा बीमा गर्नु पर्छ भन्ने सोचको विकास नभई सकेको उनीहरुको भनाई छ । बीमा गरे पश्चात पाउने सेवा सुविधामा देखिएको अन्यौलताले गर्दा बीमा गरि सकेका व्यक्तिहरु पनि झन्झटिलो प्रकृयाका कारण बीमा गर्न अन्कनाउने गरेको उनीहरुको गुनासो छ ।

शुक्रबार बीमा समिति कुपण्डोल ललितपुरले भरतपुरमहानगरपालका का स्थानिय तहमा निर्वाचित जनप्रतिनिधसगं बीमाको आवश्यकताको बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बीमा समितिले दाबी भुक्तानीमा कुनै कठिनाई आए बिमा समितिमा खबर गर्न आग्रह गरेको छ । जीवन बिमा ,निजिवन बिमामा दाबी भक्तानीमा उपभोक्तालाई दुःख दिन नहुने समितिको भनाई छ । कार्यक्रममा बीमा समिति अध्यक्ष चिरञ्जीबी चापागाई , निर्देश राजुरमण पौडेल , विमा विज्ञ भोजराज शर्मा तथा सहयाक निर्देशक पदम प्रसाद सोडारीले बीमा सम्बन्धी जनप्रतिनिधीले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

आर्थिक स्थाईत्व , सामाजिक सुरक्षा , यसमा स्थानियको सरकोर बढी हुन्छ , यस सम्बन्धमा चेतना अभिवृद्धि गरी जोखिमलाई बीमाको दाहेरा भित्र ल्याउने जनप्रतिनिधीको भुमिका हुने बताएका थिए । कार्यक्रममा भरपुरतर महानगर का प्रमुख रेनु दाहाल ,उपप्रमुख पार्वती शाहा ठकुरीले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस