संविधान दिवसको अवसरमा संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झन्डा फहराइयो

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, १२ : १४
संविधान दिवसको अवसरमा संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झन्डा फहराइयो

युएई । संविधान दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ

युएईको स्थानीय समय अनुसार गत शुक्रवार साझ ९:१० बजे बुर्ज खलिफामा एक मिनेट  नेपाली झन्डा फहराइएको हो।

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली राष्ट्रिय झन्डा फहराइएको यो पहिलो हो।  ८२३ मिटर अग्लो उक्त टावरमा नेपाली राष्ट्रिय झन्डा फहराउनुले नेपाली र नेपालप्रति पहिचान रहने विस्वास गरिएको छ। जसले भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने  समेत विश्वास गरिएको छ।

युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको  प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस