चितवन मेडिकल कलेजमा आन्दोलन प्रकरणः त्रिविले दियो शुल्क फिर्ता दिन निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, २० : १२
चितवन मेडिकल कलेजमा आन्दोलन प्रकरणः त्रिविले दियो शुल्क फिर्ता दिन निर्देशन

चितवन । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीको मनपरी शुल्क लिएको आरोप लागेको चितवन मेडिकल कलेज एन्ड साइन्सेज भरतपुलाई विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता दिन निर्देशन दिएको छ । 

विद्यार्थीहरुले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै निरन्तर आन्दोलन गर्दै आएपछि त्रिविले यस्तो निर्देशन दिएको हो । 

त्रिविबाट शुक्रबार जारी विज्ञप्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीको शिक्षण शुल्क गत भदौ २८ मा बसेको मन्त्रिपरिषद् बैठकले तोकेकोमा सो भन्दा बढी शुल्क लिन नपाइने जनाइएको छ । 

विद्यार्थीहरुले राखेको मागको सम्बन्धमा कलेज सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवाद गरी शुल्क बढी लिएकोभए फिर्ता दिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

त्रिविले विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्ने अस्पताल जस्तो संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन पनि सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस