पहिलो पटक पृथ्वीमा जस्तै पानी भएको ग्रह भेटियो, के त्यहाँ मानव जीवन सम्भव होला ?

एजेन्सी

विहीबार, ०२ असोज २०७६, २० : २८
पहिलो पटक पृथ्वीमा जस्तै पानी भएको ग्रह भेटियो, के त्यहाँ मानव जीवन सम्भव होला ?

काठमाडौँ । वैज्ञानिकले पहिलो पटक पानी भएको ग्रह पत्ता लगाएका छन् । उक्त ग्रहमा पृथ्वीमा जस्तौ पानी छ । त्यस्तै उक्त ग्रहमा जीव बाँच्न सम्भव हुने पनि बताइएको छ । त्यस ग्रहमा मानिस बस्नको लागि उचित तापक्रम भएको पनि वैज्ञानिकले बताएका छन् । 

लण्डनका वैज्ञानिकले ‘नेचर’ नामको पत्रिकामा यसपटक उक्त ग्रहको बारेमा लेखेका छन् । उक्त ग्रह पृथ्वीभन्दा दुई गुणा ठूलो भएको वैज्ञानिकले पत्ता लगाएका छन् । भने तापक्रम ४० शून्यदेखि ४० डिग्री सेल्सियतको बीच रहेको छ ।

वैज्ञानिले उक्त ग्रहको नाम K2–18B दिइएको छ । यो ग्रह पृथ्वीभन्दा १११ प्रकाश वर्षको दूरीमा रहेको छ । यो ग्रह पृथ्वीभन्दा निकै टाढा भएकोले यो ग्रहमा पुगेर त्यहाँ जीवन रहेको नरहेको पत्ता लगाउन निकै मुश्किल हुने खगोलशास्त्रीहरु चिन्ता व्यक्त गर्छन् । 

वैज्ञानिकले अबका केहि दशकमा अत्यधुनिक टेलिस्कोपको मद्दतले उक्त ग्रहको पत्ता लगाउने बताएका छन् । यस खोजको नेतृत्व क्यानडास्थित युनिभर्सिटी अफ मोन्ट्रियालका प्रोफेसर बियर्न बेनेकले गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस