मैयादेवी कन्या कलेजलाई एक करोड सहयोग

विहीबार, ०२ असोज २०७६, १३ : १९
मैयादेवी कन्या कलेजलाई एक करोड सहयोग

चितवन । मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएको छ । नेपालमा आएको समयमा उहाँले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई  सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा सह–संरक्षक प्रेमकुमार श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष टङ्कनाथ पौडेल र प्राचार्य भङ्कबहादुर गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।  

कलेजका अध्यक्ष पौडेलका अनुसार दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ हुनुहुन्छ । श्रेष्ठकै निवासमा पुगेर प्रधानले सो चेक हस्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि  छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाजसेवी श्रेष्ठले स्थापना गरिदिनु भएको सो कलेजमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । –रासस

प्रतिक्रिया दिनुहोस