चितवन मेडिकल कलेजमा एक दिन ओपिडी टिकट निशुल्क

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १८ : ३०
चितवन मेडिकल कलेजमा एक दिन ओपिडी टिकट निशुल्क

चितवन । संविधान दिवसको अवसरमा चितवन मेडिकल कलेजले एक दिन ओपिडी टिकट निशुल्क गर्ने भएको छ । कलेजले आज पत्रकार सम्मेलन गर्दै असोज २ गत्ते विहिवार एक दिन ओपिडि टिकट निशुल्क गर्ने जानकारी गराएको हो । 

सामाजीक दायीत्व अन्तर्गत संविधान दिवसको अवसर पारी मेडिकल कलेजमा आउने विरामिका लागी एक दिन ओपीडि टिकट निशुल्क गरीएको सिएमसीका प्रमुख प्रसासक प्रताप देवकोटाले बताए । 

सिएमसिमा दैनिक १५ सय देखि २ हजार जनाले ओपीडि टिकट काट्ने गरेको निर्देक दयाराम लम्सालले बताए । संविधान जारी भएको दिन असोज ३ गत्ते संविधान दिवस मनाईदै छ । 
 

प्रतिक्रिया दिनुहोस