युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा थुनामुक्त

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १५ : २४
युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा थुनामुक्त

ललितपुर । कलेज पढ्ने युवतीलाई सार्वजनिक सवारीसाधनमा दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा थुनामुक्त भएका छन् ।
पूर्वसभासद घिसिङलाई  ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।
तत्कालिन माओवादीबाट २०७० सालमा समानुपातिकतर्फबाट सांसद बनेका घिसिङलाई केही दिनअघि सार्वजनिक सवारीसाधनमा युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस