ओली तेश्रोे पटक वालुवाटारबाट बाहिर निस्कदैं

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ०९ : ०४
ओली तेश्रोे पटक वालुवाटारबाट बाहिर निस्कदैं

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज तेश्रो पटक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारबाट बाहिर निस्कदैछन् । २० भदौंमा सिंगापुरबाट स्वास्थ्य उपचार गरेर फर्केपछि वालुवाटारबाटै कार्य सम्पादनमा सक्रिय रहिरहेका प्रधानमन्त्री ओली आज तेश्रो पटक वालुवाटार बाहिरका कार्यक्रममा देखिन लागेका हुन् ।

उनी यस अगाडी नेपाल भारत पेटोलियम पाइपलाइन उद्घाटन कार्यक्रमका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

एक पटक सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसको नसामा राखिएको ट्युव निकाल्न र इसिजि गर्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । त्यस बाहेक यो १२ दिनमा ओली वालुवाटारबाट निस्केका थिएनन् ।

उनले मन्त्रिपरिषद्को बैठक समेत वालुवाटारमै बोलाएर गर्दै आएका छन भने पार्टीको एक पटक सचिवालय बैठक पनि वालुवाटारबाटै गराईसकेका छन् ।

पार्टीका शीर्ष नेताहरुसँगको छलफल, प्रतिपक्षी कांग्रेस नेताहरुसँगको छलफल देखि अन्य महत्वपूर्ण भेटघाट र कार्यक्रमहरु प्रधानमन्त्री ओलीले वालुवाटार बाटै गराईरहेका छन् ।

आज भने ओलीले वालुवाटार बाहिर एकै पटक दुई ओटा कार्यक्रम राखेका छन् । ति दुवै कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

ओलीले अहिले बिहान सातौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । विज्ञान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सुभकामना वक्तब्य भने दिईसकेका छन् ।

त्यसपछि आजै उनले सिंहदरवार पुगेर त्यहाँको पुतली वगैचामा संघीय संसद भवनको सिलान्यास गर्ने कार्यक्रम छ । यी दुवै कार्यक्रम सकेर प्रधानमन्त्री ओली सिधै वालुवाटार फर्किनेछन् ।

ओलीले सामान्य कार्यक्रममा जाने क्रमलाई रोकेका छन भने जानै पर्ने कार्यक्रममा मात्र सहभागी हुने रणनीति बनाउन लागेका छन् ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्न वारम्वार चिकित्सकहरुले ओलीलाई सुझाएपछि र सरकारको कार्य सम्पादन पनि जताततै कुद्ने, लामा लामा भाषण गर्ने गर्दा प्रभावकारी नभएको पार्टीभित्रै गुनासो बढ्न थालेपछि ओलीले आफ्नो कार्यशैली र कार्यक्रममा केही परिवर्तन गर्न खोजेका छन् ।

त्यही क्रममा उनी वालुवाटारभित्रै सक्रिय हुन थालेका थिए । 

प्रतिक्रिया दिनुहोस