मुकेश अम्बानीकी श्रीमती नीताको सारी, जुन ‘गिनीज वल्र्ड रेकर्ड’ मा दर्ता भयो

एजेन्सी

मंगलबार, ३१ भदौ २०७६, २० : १५
मुकेश अम्बानीकी श्रीमती नीताको सारी, जुन ‘गिनीज वल्र्ड रेकर्ड’ मा दर्ता भयो

काठमाडौं । व्यवसायी अर्थात एसियाकै सबैभन्दा धनिको सूचिमा रहेका मुकेश अम्बानीका छोरा आकाश अम्बानीले गोवामा ‘प्री–इनगेजमेन्ट’ गरेका थिए । 

उक्त समारोहमा मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको सारीले निकै चर्चा पायो । उनले सेतो रङगको जातीय पोशाक लगाएकी थिइन् । भने मुकेशले छोटो बाहुला भएको चेक शर्ट लगाएका थिए । मुकेश अम्बानी जति आफ्नो व्यवसायको कारण चर्चामा छन् त्यतिनै उनकी श्रीमती नीता अम्बानी सामाजिक सञ्जालमा भाइरल हुने गर्छिन् ।

‘फेशन लेडी वेबसाइट’ को एक रिपोर्टको अनुसार नीताले लगाएको सारीको मुल्य ४० लाख रहेको छ । यो सारी चेन्नेई सिल्कका निर्देशक शिवालिङ्गमले डिजाइन गरेका हुन् । यस सारीको विशेषता यसको नाम ‘विवाह पातु’ हो ।

जुन भारतको प्रतिष्ठित आर्ट आइकन राजा रवि वर्माको पेन्टिङबाट प्रेरित छ । सारीको पारीमा सुनको ताराहरु राखिएको छ साथै यसमा एमरल्ड, रुबी, पुङ्खराज, मोती र कैट जस्ता रत्नहरुको प्रयोग गरिएको छ ।

यो सारी कान्जिवरमका कुशल ३६ जना महिलाले मिलेर निर्माण गरेका हुन् । सारीको तौल करिब ८ किलो रहेको छ । जुन सारीको निर्माण गर्न एक वर्ष लागेको थियो । यो सारी उनले सन् २०१५ मा लगाएकी थिइन् । उक्त सारी गिनीज वल्र्ड रेकर्डमा पनि दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस