चितवन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने भएको छ ।
मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी महासंघले संविधान दिवस नमनाउने जानकारी गराएको हो । ‘असोज ३ कालो दिन’ भन्ने नाराका साथ केन्द्रको सर्कुलर अनुसार जिल्लामा विभिन्न विरोधका कार्यक्रम गर्ने महासंघले जनाएको छ ।
संविधान जारी भएको ४ वर्ष बितिसक्दा पनि आदिवासी जनजाति, महिला, दलित लगायत पछाडि पारिएका समुदायको माग सम्बोधन हुन नसकेकोले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरिएको महासंघ चितवनका अध्यक्ष सुरविर थापाले बताए ।
उनले संविधानलाई संसोधन गरी पुर्ण बनाउनुपर्नेमा जोड दिएका छन । अपूरो संविधानलाई संशोधन गरी पूर्ण बनाउनुको साटो सरकारले समानुपातिक समावेशिताको मर्म विपरीत विभिन्न विधेयकहरु ल्याइरहेकाले विरोध गर्नु परेको अध्यक्ष थापाको भनाई छ ।
सरकार संविधान, संघीयता, समानुपातिक समावेशिता, लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत अघि बढिरहेकाले संविधान स्वीकार्य नभएको महासंघका सचिव महेन्द्र दुराले बताए । दुराले विभिन्न समयमा आदिवासी जनजाति महासंघ र सरकारबीच भएका सम्झौतालाई कार्यान्वयन गर्नु पर्ने र संविधान संशोधन गरी माग सम्बोधन गरेर संविधान दिवसमा दिपावली गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
महासंघका सल्लाहकार पदमबहादुर गुरुङले संविधानमा धेरै कुराहरु समेटिए पनि यो पूर्ण नभएको बताए । सबै कुरा एकैपल्ट पूर्ण नभए पनि जायज मागहरुलाई क्रमश संशोधन गर्दै जानु पर्ने गुरुङको भनाई छ । उनीहरुले अहिले सरकारमा रहेका विभिन्न पदका शीर्ष व्यक्तिहरु आदिवासीमैत्री बन्न नसक्दा समस्या समाधान हुन नसकेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
मंगलबार, ३१ भदौ २०७६, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा महिलाको मृत्यु
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
नौ हजार बढीले आज खोप लगाए
प्रधानमन्त्रीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई
भोजपुरमा एक हजार बढीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर