विप्लव समुहको कार्यालयमा प्रहरीको छापा

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, १२ : ४१
विप्लव समुहको कार्यालयमा प्रहरीको छापा

झापा । विप्लव समुहको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको छ । 
त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक  टिका पोखरल, मेचीकोसी व्युरो सदस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् । 
पक्राउ परेका अर्का एकजना मकवानपुरका अनुल सारु मगर छन् । मगर  विप्लवका कुन तहका नेता हुन भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस