के हो एसिडिटी ? कसरी भगाउने यसलाई ?

एजेन्सी

सोमबार, ३० भदौ २०७६, १६ : ३५
के हो एसिडिटी ? कसरी भगाउने यसलाई ?

हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ । 

धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ ।

खानपानमा अनियममितता, खाना राम्ररी नपच्नु, पर्याप्त पानी नपिउनु, मसला धेरै भएको खानेकुरा खानु, तनावग्रस्त हुनु, धूमपान, मद्यपान,  लामो समय भोको बस्नु एसिडिटीका कारण हुन् ।

एसिडिटी भएमा पेट पोल्ने, छाती पोल्ने, वाकवाकी लाग्ने, अमिलो डकार आउने, कम भोक लाग्ने लक्षण देखा पर्छन् ।

उपचार

छाती पोल्न थाल्यो भने अलैंची सेवन गर्नुस् । फाइदा हुन्छ ।

अदुवाको रसमा कागती र मह हालेर पिउनुस् । पेट पोलेको ठीक हुन्छ र एसिडिटीको समस्या गायब हुन्छ ।

सूप धेरै गुणकारी मानिन्छ । खाना खाएपछि सूप खाँदा मजाले पचाउँछ । पेट पोलेको पनि यसले ठीक गर्छ ।

तपाईंलाई भोक लाग्दैन र पेट पोलिरहन्छ भने अश्वगन्धा सेवन गर्नुस् । फाइदा हुन्छ ।

एसिडिटीको उपचारमा चन्दनको उपयोग शताब्दियौंदेखि भइरहेको छ । पेटमा ग्यास भरिने समस्या छ भने चन्दन प्रयोग गर्नुस् । यसले चिसो बनाउँछ l पेट पोलेको र पेटको गडबड ठीक पार्छ ।

प्रतिक्रिया दिनुहोस