यस्तो गल्ती गर्दा तपाईं हुनसक्नुहुनेछ बहिरो

एजेन्सी

आइतबार, २९ भदौ २०७६, २१ : २२
यस्तो गल्ती गर्दा तपाईं हुनसक्नुहुनेछ बहिरो

काठमाडौं । कान शरीरको महत्त्वपूर्ण अंग हो । कानले नै हामी आवाज सुन्ने हौं । उमेर बढ्दै जाँदा सुन्ने क्षमता कमजोर हुँदै जानछ । तर आजकल कम उमेरका मानिसलाई पनि श्रवणको समस्या छ  आजकलको जीवनशैलीका कारण मानिसहरूले गर्ने केही गल्तीले बहिरोपनको समस्या आइरहेको छ । कान स्वस्थ राख्नका लागि यी गल्तीबाट बच्नुपर्छ ।

हेडफोन
हेडफान वा इयरफोन लगाएर गीत सुन्न युवाहरूलाई खुबै मन लाग्छ । दिनदिनै लामो समयसम्म इयरफोनमा चर्को आवाज सुन्दा कानको जाली बिग्रन्छ र बहिरोपनको समस्या आउँछ ।

संक्रमण
कानको राम्रो स्याहा नगर्दा संक्रमण हुन्छ र जालीमा खराब असर पर्छ अनि कम सुनिन्छ ।

बुढ्यौली
उमेर बढ्दै जाँदा कानका नसाहरू कमजोर हुँदै जान्छन् र नसुन्ने समस्या आइलाग्छ ।

फोहर
सही तरिकाले कान सफा नगर्दा फोहर जम्छ र लामो समयसम्म कानमा फोहर जम्दा संक्रमणको खतरा बढ्छ अनि बहिरो भइन्छ ।

मधुमेह
मधुमेहको समस्या हुने मानिसहरूलाई पनि बहिरोपनको समस्या देखिन्छ । न्युरोपेथीको समस्या मधुमेहले जन्माउँछ र कान खराब बनाइदिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस