नीता अम्बानीले पिउँछिन् ३ लाख रुपैँयाको चिया, दैनिक खर्च कति ?

एजेन्सी

शनिबार, २८ भदौ २०७६, १२ : १५
नीता अम्बानीले पिउँछिन् ३ लाख रुपैँयाको  चिया, दैनिक खर्च कति ?

काठमाडौँ । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

भारतीय सञ्चार माध्यमको अनुसार ७ करोड पारिवारिक रहन–सहनमै खर्च गर्छन् । यस बाहेक भनिन्छ उनीहरुको घरमा काम गर्ने कामदारको तलब नै महिनामै लाखौँ हुन्छ । साथै उनीहरुसँग संसारकै सबैभन्दा उत्कृष्ठ बस्तुहरु रहेको बताइन्छ ।

अम्बानी पत्नी बिहान जुन चियाको मुल्य भारतीय ३ लाख रुपैँया पर्छ । यति मात्र होइन उनलाई संसारकै सवैभन्दा महङ्गो कारको पनि निकै सौख रहेको छ । उनले आफ्नो लागि जापानको बुलेट ट्रेनभन्दा पनि बढी सुरक्षित कार बनाएकी छिन् ।

अम्बानीको भव्य घरको बारेमा त तपाईले सुन्नुभएकै होला जहाँ हर चीजको मूल्य करोड भन्दा बढीको छ । घरमै स्विमिङ पुल, स्पा, जीम र उनीहरुको आफ्नै व्यक्तिगत हेलीप्याड समेत रहेको छ । 

प्रतिक्रिया दिनुहोस