दिनमा ६ घन्टाभन्दा कम सुत्दा बिग्रन्छ मिर्गौला

एजेन्सी

शनिबार, २८ भदौ २०७६, ०९ : १६
दिनमा ६ घन्टाभन्दा कम सुत्दा बिग्रन्छ मिर्गौला

एजेन्सी । दिनभरि काम गरेपछि राति आराम गर्नु जरूरी हुन्छ । राति मज्जाले सुत्दा थकान हट्छ र भोलिपल्ट फेरि काम गर्ने ऊर्जा आउँछ ।

हालै गरिएको अनुसन्धानले ६ घन्टाभन्दा कम सुत्ने मानिसलाई मिर्गौलाको समस्या हुने देखाएको छ । यसका साथसाथै उच्च रक्तचाप, मोटोपन र मधुमेहको डर पनि हुन्छ ।

राम्रो निद्रा नपुग्दा मिर्गौला फेल हुने सम्भावना रहन्छ । मिर्गौलाको काम शरीरबाट बेकार पदार्थहरू बाहिर निकाल्नु हो । तर राम्रो नसुत्दा मिर्गौलाबाट रगतको प्रवाह प्रभावित हुन्छ र यसले काम गर्न सक्दैन । अनि शरीरको स्वास्थ्यलाई असर पार्ने विभिन्न रोग लाग्छ ।

यस्तो अवस्थाबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । पर्याप्त भोजन गर्ने अनि टन्न सुत्ने गर्नुपर्छ ।

फिट रहनका लागि पूरा आराम गर्नुस् र व्यायामका लागि समय निकाल्नुस् ।

मधुमेहलाई नियन्त्रणमा राख्नुस् । गुलिया खानेकुराहरू नखानुस् ।

तौल लगातार बढिरहेको छ वा घटिरहेको छ भने तत्कालै चिकित्सककहाँ गइहाल्नुस् ।

प्रतिक्रिया दिनुहोस