पुस्तक मेलामा पुस्तक नै टिकट

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, १२ : १०
पुस्तक मेलामा पुस्तक नै टिकट

काठमाडौँ । कुनै पनि मेला वा महोत्सव अवलोकन गर्नको लागि निश्चित शुल्क तिरेर टिकट लिनु पर्ने हुन्छ, तर काठमाडौँमा शुक्रबारदेखि सुरु भएको पुस्तक मेलामा सहभागी हुन साथमा एउटा पुस्तक लगे पुग्छ । दुईदिने मेलामा तपाइँको साथमा भएको पुस्तकले नै टिकटको काम गर्नेछ ।

नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आईरहेको छ । “आफू पढौं र अरुलाई पढ्न सघाऔं” भन्ने नाराका आयोजना गरिउको यो मेलामा दश हजार नेपालीले पुस्तक किन्नेछन् साथै थुप्रै किताबसम्बन्धी स्टलहरू अवलोकन गर्न र रमाउन सक्नेछन् । 

मेलामा सहभागि हुनेले साथमा एक किताब ल्याएको हुनुपर्ने छ । साथमा ल्याउन बिर्सनुहुनेले मेलामै किताब किनेर मुख्य कार्यक्रममा सहभागी हुन सकिनेछ । 

मेलाको आयोजनामा संलग्न १०० स्वंसेवक युवाहरूले हजारौँ सहभागीमाझ साहित्यिक तथा साङ्गीतिक प्रस्तुतिहरू दिनेछन् । चर्चित साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रमा संलग्न किताबप्रेमीहरूको सहभागितामा यो मेला प्रज्ञाप्रतिष्ठानको भानुभक्त हलमा दुई दिनसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म लाग्नेछ । 

योे इभेन्ट भन्दा एक महिना अगाडी सय जना युवाहरुले १०,००० बालकथाका किताबहरु संकलन गरिसकेका छन् भने दुई दिनमा थप बालकथाका किताबहरु संकलन हुनेछ जुन किताबहरु दुर्गम गाउँका बालबालिकाहरूको हातमा पुर्याउनेछौं ।

एक किताब अभियानको लक्ष्य सन् २०३० सम्ममा एक करोड बालकथाका किताबहरू बाँड्ने रहेको छ । यसबाट हजारौँ विद्यालयहरूमा एक बालपुस्तकालय स्थापना हुनेछ । यसअघि नै एक लाख किताबहरू नेपालको १४ जिल्लाका एक सय स्कुलहरूका नानीहरूको हातमा पुुगिसकेको छ । 

प्रतिक्रिया दिनुहोस