महानगरद्वारा  भरतपुर अस्पताललाई एक हजार  डेड्गु किट प्रदान, उपचारमा सहज

विहीबार, २६ भदौ २०७६, १६ : ५८
महानगरद्वारा  भरतपुर अस्पताललाई एक हजार  डेड्गु किट प्रदान, उपचारमा सहज

चितवन । भरतपर महानगरपालिकाले डेङ्गु रोगको उपचारमा सहयोग पु¥याउन आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान गरेको छ । 

महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी डेङ्गु किट प्रदान गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ । महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीलाई एक हजार डेङ्गु किट प्रदान गर्नुभएको हो । 

कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरमा फैलिरहेको डेङ्गुका बिरामीहरुको उपचारमा सहज हुने विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि डेङगुका बिरामीको किटको अभावमा उपचारमा ढिलो नहोस् र किटको अभाव पनि नहोस् भन्ने मनसायले भरतपुर अस्पताललाई किट हस्तान्तरण गरेका हौँ ।’

उहाँले महानगर नगरवासीको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको बताउँदै भन्नुभयो, ‘महानगरले एकातिर सचेतनाको कार्यक्रम गर्दै आएको छ भने अर्कोतिर उपचारमा कुनै किसिमको समस्या नआहोस् भन्ने हेतुले किट हस्तान्तरणको काम गरिरहेको छ ।’ उहाँले डेङ्गु फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा लाग्नसमेत सबैमा अपिल गर्नुभयो । 

यो महामारीलाई नियन्त्रणमा ल्याउनु सबैको सामुहिक दायित्व भएको बताउँदै प्रमुख दाहालले सबैलाइ सहयोग गर्न आग्रह गर्नुभयो।

महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका मेसु डा श्रीरामतिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीलगायतको सहभगिता रहेको थियो।

चितवनमा डेङ्गुको बिरामी दैनिकरुपमा बढ्दो छ । गत मंगलबार १ हजार ३०० जनामा डेङ्गु देखिएकोमा बुधबारसम्म एक हजार ४६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस