प्रदेशहरूलाई ३ अर्ब २९ करोड निकासा

पत्रपत्रिकाबाट

शुक्रबार, १९ माघ २०७४, ०७ : ००
प्रदेशहरूलाई ३ अर्ब २९ करोड निकासा

सरकारले प्रदेशहरूका लागि ३ अर्ब २९ करोड रुपैयाँ बजेट निकासा गरेको छ । ४७ करोड रुपैयाँका दरले प्रदेशका सबै संरचनाले खर्च गर्न पाउने गरी सरकारले बजेट निकासा गरेको हो ।

प्रदेशसभा, प्रदेशका ७ वटा मन्त्रालय र प्रदेश प्रमुखको सचिवालयलाई खर्च गर्नका लागि ४७ करोड रुपैयाँका दरले अर्थ मन्त्रालयले बिहीबार बजेट निकासा गरेको छ ।

मन्त्रालयको बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीका अनुसार प्रदेशसभाका लागि १० करोड रुपैयाँका दरले बजेट निकासा दिइएको छ ।

प्रतिमन्त्रालय ५ करोडका दरले ३५ करोड रुपैयाँ निकासा दिइएको छ । प्रदेश प्रमुखको सचिवालयका लागि भने २ करोडका दरले निकासा दिइएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रदेश सभा–१० करोड
प्रतिप्रदेश मन्त्रालय ५ करोड–३५ करोड
प्रदेश प्रमुखको सचिवालय–२ करोड
प्रतिप्रदेश जम्मा रकम–४७ करोड
७ प्रदेशलाई कुल निकासा–३ अर्ब २९ करोड

प्रतिक्रिया दिनुहोस