देशभरका क्याटरिङ व्यवसायी गैंडाकोटमा

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, १७ : ५७
देशभरका क्याटरिङ व्यवसायी गैंडाकोटमा

नवलपुर । देशभर रहेका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरु नवलपुरको गैंडाकोटमा जम्मा भएका छन् । उनीहरु तेस्रो वार्षिक साधारण सभाको लागि गैंडाकोटमा जम्मा भएका हुन् ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बुधबार साधारण सभाको समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपालमा अब कृषि क्रान्ति आवश्यक भएको विचार व्यक्त गरे ।

महासंघका अध्यक्ष लिलाबहादुर जिसीको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा गैंडाकोट नगर प्रमुख छत्रराज पौडेल, क्याटरिङ महासंघका सल्लाहकार प्रभाकर पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस