Safal Khabar - भरतपुर : स्मार्ट सिटिको परिकल्पना
बिहिबार, ०२ असोज २०७६ (Thursday, 19 September, 2019)
भरतपुर : स्मार्ट सिटिको परिकल्पना
बुधबार, २५ भदौ २०७६, १७ : ३५
भरतपुर : स्मार्ट सिटिको परिकल्पना

अस्मिता खनाल
भरतपुर माहानगरपालिका कार्यालयमा आर्किटेक्ट र अर्बान प्लानर

मेरो नाम अस्मिता खनाल हो। म भरतपुर माहानगरपालिका कार्यालयमा आर्किटेक्ट र अर्बान प्लानर को रुपमा बिगत ३ वर्ष देखि कार्यरत छु । अर्बान प्लानर भएको नाताले मलाई smart सिटी गुरुयोजनाको focal person को रुपमा यस महानगरले तोकेको छ । त्यसैले स्मार्ट सहरको बारेमा एउटा सानो लेख लेख्ने जमर्को गरेको छु ।

सामान्य अर्थमा स्मार्ट भन्नाले स्वत, स्फुर्त, चनाखो भन्ने बुझिन्छ । स्मार्ट सहरलाई सजिलो अर्थमा बुझ्नुपर्दा स्फुर्त शहर भन्ने बुझिन्छ । एउटा शहर स्मार्ट हुनको लागि जनता, सरकार, अर्थतन्त्र, वातावरण, गतिशिलता, जीवनशैली आदि सबै स्मार्ट हुन जरुरी छ । स्मार्ट शहर हुनका लागि ३ वटा महत्वपूर्ण सुचक: शहरीकरण, औधोगिकरण र सुचना प्रविधि को संयोग हो । स्मार्ट शहरको अर्थ, बैदेशीक शहरहरु र हाम्रो नेपालको शहरहरुको अर्थ भिन्न छ ।वैदेशिक शहरहरुको न्यूनतम विकासको पुर्वाधारहरु पुर्ण भईसकेको अवस्था छ, त्यहाँ सूचना प्रविधी सँग जोडेर सहरलाई स्मार्ट बनाई रहेका हुन्छन् । तर हाम्रो परिवेशमा न्यूनतम तहका पूर्वाधारहरु पुर्ण भई नसकेको अवस्थामा यहाँको  स्मार्ट सूचकहरु अलि फरक छन् ।

nic asia
Yeti Diistillery

 

स्मार्ट (SMART) को पुरा रुप यस प्रकार छ :

S: Sustainable: दिगो

M: Measurable: मापनयोग्य

A: Accessible: पहुँचयोग्य

R: Replicable:

T: Technical: प्राविधिक

राष्ट्रिय योजना आयोगको स्मार्ट सिटि को परिकल्पना अनुसार नेपालको स्मार्ट सिटीको ४ वटा खम्बाहरु हुन्छन्: स्मार्ट जनता, स्मार्ट अर्थतन्त्र, स्मार्ट पुर्बधार र स्मार्ट सरकार ।

  1. स्मार्ट जनता : Smart People

स्मार्ट जनता भन्नाले सुरक्षित, साक्षर, स्वास्थ्य र सिर्जनशिल जनता जसले शहरीकरणको समाबेशी सिद्घान्त मान्दन्छ ।

 

 

ख (स्मार्ट शासन ) Smart Governance

  एउटा नयाँ प्रविधि जसले शासनलाई जनता मुखी, सिपालु, उत्तरदायी र पारदर्शक बनाउँदछ ।यसले सहभागी मुलक आयोजनामा जोड गर्दछ र सिर्जनशील समाज बनाउनको लागि भरप्रदो अवसर प्रदान गर्दछ ।

(ग) स्मार्ट अर्थशास्त्र : (Smart Economy)

  • स्मार्ट अर्थशास्त्र भन्त्नाले धेरै उत्पादकता र दिगो कार्य भन्ने बुझिन्छ ।साथौ स्मार्ट अर्थशास्त्र भनेको सिर्जनशिल जनता जो स्मार्ट रुपमा आफ्नो कार्य निभाउछन् जसले नयाँ सोच द्वारा सिर्जनशील कुराहरु सृजना गर्छन् र जसबाट उत्पादकत्वमा नविन कार्यहरु भित्रिन्छन् ।

(घ) स्मार्ट पूर्वाधार

  • सहरी विकास तथा भवन निर्माण विभागद्वारा बनाईएको मापदण्ड अनुसार पुर्वाधारलाई ३ वटा श्रेणीमा विभाजन गरीएको छ ।
  1. भौतिक पूर्वाधार
  • भवन निर्माण, खानेपानी को व्यवस्था, सरसफाई, ढलको व्यवस्था, घर जग्गा कारोबार आदिको व्वस्थापन ।
  1. सामाजिक पूर्वाधार:  
  • शिक्षा,स्वास्थ्य,मनोरन्जन खेलकुद र खुला क्षेत्र पार्क वगैचा आदि को व्यवस्थापन
  1. आर्थिक पूर्वाधार:
  • व्यापारीक केन्द्र, IT पार्क, औघोगिक पार्क, सिप विकास केन्द्र, वित्तिय सेवा केन्द्र आदिको व्यवस्थापन

 

अस्मिता खनालनेपालको आर्थिक वर्ष २०७२/२०७३ को बजेट भाषणमा नमुना योजना को रुपमा काठमान्डौँ ,लुम्बिनी र निजगठ साथै मध्य पहाडि राजमार्गमा पर्ने १० वटा शहरहरुको स्मार्ट सिटि गुरुयोजना बनाउने निर्णय गरियो ।त्यही शहर मध्य भरतपुर पनि एक हो जसको स्मार्ट शहरको गुरुयोजना बनाउन २०७५ सालमा आरम्भ भएको हो । हाल स्मार्ट सहर गुरुयोजनाको काम Grid Consult  भन्ने engineering फर्म बाट भईरहेको छ । हाल सम्म यो गुरुयोजनाको मस्यौदा प्रतिवेदन बुझाईएको छ र घरघुरी सर्भेक्षण पनि अन्तिम अवस्थामा पुगेको छ ।

स्मार्ट सिटी गुरुयोजना बनाउनको मुख्य उदेश्य भरतपुर महानगरपालिकाको ५ वर्षे, १० वर्षे र २० वर्षे VISION PAPER र  नितिगत योजनाहरु बनाउनु हो ।सूचना प्रविधीको प्रयोग गरेर एउटा नमुना दिगो सहर बनाउनका लागि यसले मद्दत गर्दछ ।यो योजना बनाउने सन्द्रभमा GIS (Geographic Information System) प्रविधि अपनाई भरतपुर महानगरपालिका क्षेत्रको महानगरीय Urban Base Map र वडा स्तरीय Base Map बन्दछ । जसमा भविष्यका योजनाहरु एउटा चित्र /नक्सामा समावेश भएको हुन्छ ।यो Urban Base Map मा हालको र भविष्यको भु-उपयोग ,भौगोलिक स्थिती ,सामाजिक, भौतिक, आर्थिक पूर्वाधारहरु नक्सांकन गरिएको हुन्छ र हरेक पारिवारीक विवरण, घरको फोटो समेतको हुनेछ । साथै यो गुरुयोजनाले शहरको सबलीकरण, पुन: निर्माण र २० बर्षे आर्थिक योजना तयार गर्छ । स्मार्ट शहर गुरुयोजनाले २५ करोड बराबरको योजनाको  ३ वटा विस्तृत परियोजना प्रतिवेदन (Detailed Project Report-DPR) पनि तयार गर्नेछ । त्यस DPR को सूचीमा महानगरपालिकाको नारायणी नदि किनारमा Sea- Beach Model को DPR, वडा नं. १० को सतह ढलको गुरुयोजनाको DPR र ICT  सँग सम्बन्धित योजना तयार हुनेछ । स्मार्ट शहर गुरुयोजनाले दिर्घकालिन भौतिक पूर्वाधार विकास योजना, सामाजिक विकास योजना, सांस्कृतिक विकास योजना, संस्थागत विकास योजना, वातावरणीय व्यवस्थापन योजना, प्रकोप व्यवस्थापन योजना, जलवायू परिवर्तन योजना विविध क्षेत्र लगानी योजना (Multisectoral Invesment Plan) हरु तयार गर्दछ ।

त्यसैले यी पूर्वाधारहरु निकट भविष्यमा पूर्णरुपले विकास भयो भने हामी हाम्रो भरतपुर महानगरपालिकालाई स्मार्ट शहरको रुपमा परिकल्पना गर्न सक्दछौ।

प्रतिक्रिया दिनुहोस