मान्छेको बोली मर्नुअघि किन बन्द हुन्छ ?

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०७६, २० : ३०
मान्छेको बोली मर्नुअघि किन बन्द हुन्छ ?

प्रतिकात्मक फोटो

काठमाडौं । मान्छे जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन ।

अचम्मको कुरा त मर्नुभन्दा ठीकअघि मानिसको बोली बन्द हुन्छ । पौराणिक तथ्यअनुसार मृत्युको घडी नजिकिँदा दुई यमदूतहरू मर्ने प्राणीको अगाडि आइपुग्छन् । तिनीहरूलाई देखेर प्राणी तर्सिन्छ र चाहेर पनि आवाज निकाल्न सक्दैन ।

उसले बोल्ने कोशिश त गर्छ तर उसको गलाबाट घरघर आवाज मात्र आउँछ । यमदूतले यमपाश फ्याँकेर शरीरबाट प्राण खिँच्न थाल्दा मानिसले जिन्दगीभरि गरेको कर्म छिटोछिटो उसको आँखाअगाडि घुम्छ । अनि जीवनमा भएका सारा घटनाहरू कर्म बनेर आत्मासँग जोडिन्छन् ।

यिनै कर्मलाई हेरेर यमराजले प्राणीका विषयमा न्याय गर्छन् र उसलाई स्वर्ग वा नर्कको सजाय सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस