के तपाईं लाई थाहा छ ? चुरोटभन्दा पनि खतरनाक हुन्छ ई–सिगरेट, फोक्सो फेल गराउँनेदेखि मानिसको मृत्युसम्म

आइतबार, २२ भदौ २०७६, १६ : १२
के तपाईं लाई थाहा छ ? चुरोटभन्दा पनि खतरनाक हुन्छ ई–सिगरेट, फोक्सो फेल गराउँनेदेखि मानिसको मृत्युसम्म

काठमाडौं । आज भोलि हरेक मानिसको हात–हातमा ई–सिगरेट देखिन्छ । मानिसहरुमा यो फेसनकै रुपमा विकसित भएको पाइन्छ । अझ धुम्रपानका लत लागेकाहरु ई–सिगरेटको हानी कम हुने विश्वासमा यसको प्रयोग गरिरहेका पाइन्छ । 

यसमा पनि विषाक्त रासायनिक पदार्थ प्रयोग गरिने भएकाले यसको लामो समयसम्म प्रयोग गर्न नहुने विज्ञहरु बताउँछन् । 

के हो ई–सिगरेट ?
ई–सिगरेट अर्थात इलेक्ट्रोनिक सिगरेटलाई पर्सनल वेपोराइजर पनि भनिन्छ । यो इलेक्ट्रोनिक इन्हेलर हो जसले यसमा भएको लिक्विडलाई धुवामा बदलिदिन्छ । यो कोट्रिज, ऐटमाइजर, ब्याट्री र लिक्विडबाट बन्छ ।

किन हानिकारक छ ?
यसमा भएको केमिकलले ई–तरल पदार्थले एन्डोथेलियल कोशिकाहरु, डिएनएको नोक्सान र कोशिकाहरु मार्ने अणुहरुको वृद्धि गर्छ । यसका साथै यो चुरोटमा प्रयोग गरिने फ्लेबर दालचीनी र मेन्थललाई एकैसाथ पिउँदा बिरामी हुने सम्भावना पनि बढछ । यसले फोक्सोलाई पनि असर गर्छ ।

सामान्य चुरोट र ई–सिगरेटको असर उस्तै 
इलेक्ट्रोनिक चुरोट र परम्परागत चुरोटको असर उस्तै हुने गर्छ । ई–सिगरेटको धुँवा बाहिर फालेको मात्र देखिन्छ तर यो पूरै केमिकलयुक्त हुन्छ । 

ई–सिगरेटमा निकोटिनको साथसाथै बास्नादार केमिकल पनि भरिएको हुन्छ । जुन सिधै फोक्सोमा पुग्छ । जसले फोक्सोमा क्यान्सरको सम्भावना पनि बढाउँछ । 
 

प्रतिक्रिया दिनुहोस