कस्ले राख्न दियो अनुमतिबिना पुलचोकमा डिजिटल विज्ञापन बोर्ड ? बोर्डका कारण सवारी दुर्घटनाको जोखिम बढ्दो

प्रकाश सिग्देल

आइतबार, २२ भदौ २०७६, १३ : ३९
कस्ले राख्न दियो अनुमतिबिना पुलचोकमा डिजिटल विज्ञापन बोर्ड ? बोर्डका कारण सवारी दुर्घटनाको जोखिम बढ्दो

चितवन । नारायणगढको पुलचोकमा राखिएको डिजिटल विज्ञापन बोर्डका कारण दुर्घटना निम्तिने जोखिम बढेको भन्दै सवारी चालकहरुले गुनासो गरेका छन् । 

दिउँसोको समयभन्दा पनि रातको समयमा दुर्घटनाको जोखिम बढी भएको चालकहरु बताउँछन् । पुलचोकको बाणिज्य बैंकको माथि राखिएको विज्ञापन बोर्ड मेनरोडबाट आउने सवारीचालकहरुको सिधै आँखा अगाडि पर्ने र त्यसमा आएका विभिन्न खालका विज्ञापनका दृश्यहरुले चालकको मन आकर्षित गर्ने हुँदा त्यसले त्यहाँ दुर्घटनाको जोखिम बढाएको चालकहरु बताउँछन् । 

मुख्य चोकमा त्यसरी निकै ठुलो आकारको बोर्ड राखेर विज्ञापनहरु बजाउनु सवारी दुर्घटना बढाउने कारक तत्व भएको सर्वसाधारण बटुवाहरु समेत बताउँछन् । रातिको समयमा त त्यसको उज्यालो सिधै आँखामा पर्ने र सवारी चलाउनै मुश्किल हुने गरेको बताउँछन चालकहरु । 

मुख्य चोकमै यस्तो बोर्ड राखेर विज्ञापन गर्दा त्यहाँ कार्यारत ट्राफिकहरु सवारी ब्यवस्थापन गर्नै भुलेर त्यही बोर्डतिर हेरर रमाउने समेत गरेका छन् । यसरी मुख्य चोकमै आँखै खाने गरी बोर्ड राखेर विज्ञापन गरी दुर्घटनाको जोखिम बढाउँदा समेत महानगरले त्यस बिषयमा कुनै चासो देखाएको छैन । 

ट्राफिक ब्यवस्थापनको दृष्टिकोणबाट त्यहाँ बोर्ड राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सई कृष्ण ठकुरीले बताउनु भयो । आफुहरुकोमा महानगरबाट त्यहाँ बोर्ड राख्ने बिषयमा राय माग भएको, आफूहरुले त्यहाँ राख्न नमिल्ने अन्यत्र सार्नु पर्ने भनी लिखित जवाफ पठाएको तर त्यसको सुनुवाई अहिलेसम्म पनि नभएको भन्दै उहाँले दुःखेसो गर्नु भयो । 

त्यसलाई त्यहाँबाट जसरी पनि हटाउनु पर्ने र त्यो बोर्ड ट्राफिक ब्यवस्थापनको लागि चुनौतिपूर्ण रहेको उहाँको भनाई छ । यो बोर्ड राख्ने अनुमति महानगरले समेत नदिएको हुनु पर्ने सई ठकुरी बताउनु हुन्छ । आफूहरुले हँुदैन भनेर जवाफ पठाएपछि महानगरले अनुमति नदिएकोमा आफू विश्वस्त रहेको र अनुमति नहुँदा नहँुदै सञ्चालन गर्न दिइनु आफैमा आश्चर्यको बिषय रहेको उहाँले तर्क गर्नु भयो ।

पुलचोकमा डिजिटल बोर्ड राख्न भरतपुर महानगरबाट पनि अनुमति नलिएको पाइएको छ । भरतपुर महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले अनुमति नलिई त्यहाँ बोर्ड राखेको र त्यसलाई महानगरले हटाउने बताउनु भयो । अनुमतिबिनै राखिएको त्यो बोर्ड राख्ने कम्पनीसँग हालसम्मको विज्ञापन कर र जरिवाना असुल गरी त्यहाँबाट तुरुन्त हटाउनु पर्ने र त्यहाँ राख्न दिनै नहुने सवारी चालकहरु बताउँछन् ।नारायणगढको पुलचोकमा राखिएको डिजिटल विज्ञापन बोर्डका कारण दुर्घटना निम्तिने जोखिम बढेको भन्दै सवारी चालकहरुले गुनासो गरेका छन् । 

दिउँसोको समयभन्दा पनि रातको समयमा दुर्घटनाको जोखिम बढी भएको चालकहरु बताउँछन् । पुलचोकको बाणिज्य बैंकको माथि राखिएको विज्ञापन बोर्ड मेनरोडबाट आउने सवारीचालकहरुको सिधै आँखा अगाडि पर्ने र त्यसमा आएका विभिन्न खालका विज्ञापनका दृश्यहरुले चालकको मन आकर्षित गर्ने हुँदा त्यसले त्यहाँ दुर्घटनाको जोखिम बढाएको चालकहरु बताउँछन् । 

मुख्य चोकमा त्यसरी निकै ठुलो आकारको बोर्ड राखेर विज्ञापनहरु बजाउनु सवारी दुर्घटना बढाउने कारक तत्व भएको सर्वसाधारण बटुवाहरु समेत बताउँछन् । रातिको समयमा त त्यसको उज्यालो सिधै आँखामा पर्ने र सवारी चलाउनै मुश्किल हुने गरेको बताउँछन चालकहरु । 

मुख्य चोकमै यस्तो बोर्ड राखेर विज्ञापन गर्दा त्यहाँ कार्यारत ट्राफिकहरु सवारी ब्यवस्थापन गर्नै भुलेर त्यही बोर्डतिर हेरर रमाउने समेत गरेका छन् । यसरी मुख्य चोकमै आँखै खाने गरी बोर्ड राखेर विज्ञापन गरी दुर्घटनाको जोखिम बढाउँदा समेत महानगरले त्यस बिषयमा कुनै चासो देखाएको छैन । 

ट्राफिक ब्यवस्थापनको दृष्टिकोणबाट त्यहाँ बोर्ड राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सई कृष्ण ठकुरीले बताउनु भयो । आफुहरुकोमा महानगरबाट त्यहाँ बोर्ड राख्ने बिषयमा राय माग भएको, आफूहरुले त्यहाँ राख्न नमिल्ने अन्यत्र सार्नु पर्ने भनी लिखित जवाफ पठाएको तर त्यसको सुनुवाई अहिलेसम्म पनि नभएको भन्दै उहाँले दुःखेसो गर्नु भयो । 

त्यसलाई त्यहाँबाट जसरी पनि हटाउनु पर्ने र त्यो बोर्ड ट्राफिक ब्यवस्थापनको लागि चुनौतिपूर्ण रहेको उहाँको भनाई छ । यो बोर्ड राख्ने अनुमति महानगरले समेत नदिएको हुनु पर्ने सई ठकुरी बताउनु हुन्छ । आफूहरुले हँुदैन भनेर जवाफ पठाएपछि महानगरले अनुमति नदिएकोमा आफू विश्वस्त रहेको र अनुमति नहुँदा नहँुदै सञ्चालन गर्न दिइनु आफैमा आश्चर्यको बिषय रहेको उहाँले तर्क गर्नु भयो ।
पुलचोकमा डिजिटल बोर्ड राख्न भरतपुर महानगरबाट पनि अनुमति नलिएको पाइएको छ । भरतपुर महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले अनुमति नलिई त्यहाँ बोर्ड राखेको र त्यसलाई महानगरले हटाउने बताउनु भयो । अनुमतिबिनै राखिएको त्यो बोर्ड राख्ने कम्पनीसँग हालसम्मको विज्ञापन कर र जरिवाना असुल गरी त्यहाँबाट तुरुन्त हटाउनु पर्ने र त्यहाँ राख्न दिनै नहुने सवारी चालकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस