युवतीहरुलाई बिवाहको अघिल्लो रात किन हुन्छ तनाव ? यस्तो छ कारण

शनिबार, २१ भदौ २०७६, १२ : ५६
युवतीहरुलाई बिवाहको अघिल्लो रात किन हुन्छ तनाव ? यस्तो छ कारण

हरेक युवतीलाई बिवाहको विषयलाई लिएर विभिन्न किसिमका कुरा मनमा खेल्छ । युवतीहरु बिवाहभन्दा पहिला आफ्नो पार्टनर र हनिमुनको बारेमा मात्र सोच्छन् भन्ने लाग्न सक्छ तर त्यस्तो कदापी होइन । अखिर के कारणले तनाव हुन्छ त युवतीहरुलाई ?

चाँडै त गरिरहेको छैन ?
बिवाहभन्दा एकरात पहिला केटीहरु कतै आफूले बिवाहको लागि हतार त गरिन भनेर सोच्छन् । उनीहरुलाई बिवाहपछि जिम्मेवारी लिन सक्दिन की भने चिन्ताले सताइरहेको हुन्छ ।

बिवाह गरेर जाने घरमा मलाइ अपनाउछन् कि अपनाउदैनन् ?
युवतीहरुको दिमागमा आफ्नो बिवाहको एक रात पहिला बिवाह गरेर जाने घरमा मलाइ स्वीकार्नुहुन्छ की स्वीकार्नुहुन्न भन्नेबारेमा सोचिरहेकी हुन्छिन् । के उनीहरुले मलाई मनैदेखि अपनाउछन् त रु युवतीहरुको दिमागमा आफूलाई राम्रोसँग सम्झिदिए हुन्थ्यो भन्ने सोचिरहेका हुन्छन् ।

जीवन साथी
युवतीहरुले आफ्नो जीवनसाथीले भविष्यको बारेमा कस्तो सोच्छ होला, जीवनभर उसँग बिताउन सकिन्छ कि सकिँदैन होला भन्नेबारेमा सोचिरहेका हुन्छन् । साथै उनीहरुले के यो जीवनसाथी जीवनभरको लागि ठिक छ त भन्ने कुरा पनि सोच्छन् ।

सेक्सलाई कसरी अस्वीकार गर्ने ?
युवतीहरु बिवाहको एकरात पहिला, पहिलो रातमै सेक्स गर्न आफूलाई असहज भएको कुरा कसरी बताउने भन्नेबारेमा चिन्ता गरिरहेकी हुन्छिन् । आफूले सेक्स प्रस्ताव अस्वीकार गर्दा पतिलाई माया नगरेको भन्ने भान हुन्छ की भन्ने विषयलाई लिएर पनि युवतीहरु चिन्तित हुनेगर्छन् ।

बिवाहमा हुने खर्च
बिवाहमा हुने खर्चको विषयमा पनि युवतीहरु तनाव लिइरहेका हुन्छन् । उनीहरुको मनमा मेरो बिवाहको कारणले बुवालाई कुनैपनि किसिमको बोझ नहोस् भन्ने चाहन्छन् । साथै उनीहरु आफ्नो बिवाहमा आवश्यकता भन्दा बढी खर्च त भइरहेको छैन भनी सोचिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस