ठिमुरा पुल अलपत्र बनाउँदै ईलाईट एडभेन्चर कम्पनी, सडक डिभिजन कार्यालय चितवनमा तालाबन्दी गर्ने ठिमुरावासीको चेतावनी

प्रकाश सिग्देल

शुक्रबार, २० भदौ २०७६, १८ : १०
ठिमुरा पुल अलपत्र बनाउँदै ईलाईट एडभेन्चर कम्पनी, सडक डिभिजन कार्यालय चितवनमा तालाबन्दी गर्ने ठिमुरावासीको चेतावनी

– प्रकाश सिग्देल
चितवन । चितवनको भरतपुर महानगरपालिका १ ठिमुरामा निमार्ण थालिएको ठिमुरा देवघाट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको छ । २०७४ साल भित्रै सम्पन्न गर्नु पर्ने पुल हालसम्म ५ वटा खम्बामात्रै निमार्ण सम्पन्न भएको छ । २०७० साल कार्तीक २० गते निमार्ण सम्झौता भई ७४ कार्तीक १९ मा  सम्पन्न गर्ने गरी १६ करोण ५३ लाख २४ हजार र त्यसमा पुन मुल्याकंन गरि थप कार्यसमेत गर्ने गरी १८ करोण ८१ लाख ७२ हजार मा  निमार्ण सम्झौता भएको थियो । ईलाईट एडभेन्चर कम्पनिले निमार्णको जिम्मा पाएको हो ।

निमार्ण कम्पनिले कामनै नगर्ने गरेको र हिउद भरी दुई चार जना मात्रै मान्छे लगाएर ठेकेदारले कामलाई झारा टार्ने मात्रै गरेको हुनाले पुल निमार्णले गति नपाएको स्थानियहरु बताउछन् ।

स्थानिय जेष्ठ नागरिक बिष्णुमाया घिमिरेले अहिले सम्म पुल नबन्दा दुख लागेको बताउनु भयो । त्यही पुल तरेर देवघाट जाने आसामा रहेका आफुहरुलाई निरासा सुरु हुन थालेको उहा बताउनु हुन्छ ।

त्यस्तै स्थानिय लिलावति देबीले त्यो पुललाई त्यसै अलपत्र छाडेर ठिमुरा बासिलाई ठुलो अन्याए गर्ने सडयन्त्र हुन थालेको बताउनु भयो । सधै पछाडी परेको ठिमुरालाई फेरी पनि उस्तै अवस्थामा फकाउने षडयन्त्र भएको उहाको दुखेसो छ ।  त्यस्तै स्थानिय सुर्यनाथ काफलेले ठेकेदारको चरम लापरबार्हीका कारण पुलको यस्तो अवस्था भएको बताउनु भयो ।

अव पनि पुल निमार्णकार्य सुरु नगरे सबै ठिमुराबासि आन्दोलनमा उत्रने उहा बताउनु ुहन्छ । कृष्ण बहादुर थापा मगरले यो पुल निमार्णमा कस्को कम्जोरीहो त्यसले आफनो कम्जोरी सुधारेर तत्कालै पुल निमार्ण सुरु गर्नु पर्ने नत्र सडक डिभिजन कार्यालयमा तालाबन्दि गर्ने चेतावनी दिनु भयो ।

ठेकेदारलाई बारम्बार खवरदारी गर्दा पनि ठेकेदारले काम नगरेको र ४÷ ५ जना मात्रै मान्छे लगाएर झारा टार्ने काम गरेको स्थानियहरु बताउछन् । अहिले भने पुल निमार्ण कार्य पुर्णरुपमा रोकिएको बताउदै स्थानियले अव पनि पुल निमार्ण सुरु नभए ठिमुरा र देवघाट बासि सडकमा आन्दोलनमा उत्रने उनिहरुको भनाई छ । स्थानिय पुष्पराज देवकोटाले ठेकेदारको चरम लापरबार्हीले पुलको यस्तो अवस्था आएको बताउनु भयो । यो पुल निमार्णमा सडक डिभिजनको पनि ठुलो लापरबाही भएको उहा बताउनु हुन्छ ।

पुल निमार्णमा चासो नदिने सडक डिभिजन, कामै नगर्ने ठेकेदार कम्पनिलाई कारबार्ही हुनु पर्ने र काम तत्कालै सुरु गर्नु पर्ने स्थानियहरुको भनाई छ । पुल निमाणका लागी दवाव सृजना गर्न  ठिमुरा देवघाट त्रिशुली माथी पक्कीपुल निमार्ण उपभोक्ता समिति समेत गठन भएको छ ।



ठेकेदारले पैसा नपाएको,प्राबिधिक कठिनाईका कारण र अन्य बिभिद कारणले काम गर्न नसकेको बताएको  ठिमुरा देवघाट त्रिशुली माथी पक्कीपुल निमार्ण उपभोक्ता समितिका उपाध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो ।  आफुले पुल निमार्णका बिषयमा  सडक डिभिजनमा  बुझदा बेरुजु भएको र अख्तियारले समेत पुल निमार्णको बिषयलाई लिएर पत्र काटेको कारणले पुल निमार्णमा सडकले पनि चासो नदिएको आफुले जवाफ पाएको पौडेलले बताउनु भयो ।

आफुहरुले सडक डिभिजन र प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेर पुल निमार्णको काम तत्कालै सुरु गर्न आग्रह गरेको पौडेलले बताउनु भयो  ।

यता सडक डिभिजन कार्यालय चितवनका प्रमुख कृष्ण अधिकारी ले ठिमुरा पुल निमार्णको काम  ४० प्रतिषत  भएको बताउनु भयो । आफुहरुले ठेकेदार कम्पनिलाई पटक पटक पुल निमार्ण कार्य छिटो गर्न आग्रह गरेको र अहिले बर्षाको समय भएकाले काम रोकिएको बताउदै अव दशै लगतै काम सुरु हुने बताउनु भयो ।  पुल निमार्ण अवधि सकिएपछि कार्यालयले पहिलो पटक थपेको म्याद पनि पुन सकिएको छ । पुल निमार्णको अवधि २०७६ बैशाख सम्म का लागी समय थप भएको र त्यो समय पनि सकिएकाले अव पुन म्याद थपको प्रक्रियामा रहेको कार्यालय प्रमुख अधिकारी बताउनु हुन्छ ।  अव १ वर्ष मात्रै म्याद थप गर्न सकिने कानुनि ब्यवस्था भएकाले अव १ वर्ष भित्र जसरी पनि ठेकेदारले पुल निमार्ण सक्नु पर्ने उहाको भनाई छ । थप भएको मितिमा पनि निमार्ण कार्य नसके अवस्था हेरेर जरिवना गर्नु पर्ने, धरौटी जफत गर्नु पर्ने या कालोसुचिमा राख्नु पर्ने त्यो निर्णय कामका आधारमा हुने उहा बताउनु हुन्छ ।

समितिका उपाध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ दिन भित्र पुल निमार्ण कार्य सुचारु नभए कडा आन्दोलन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस