मानव बेचविखन तथा ओसारपसार रोक्न सामुहिक प्रतिवद्धता, प्रहरीको एक्सन प्लान बन्दै

उर्गेन तामाङ

शुक्रबार, २० भदौ २०७६, १७ : ५०
मानव बेचविखन तथा ओसारपसार रोक्न सामुहिक प्रतिवद्धता, प्रहरीको एक्सन प्लान बन्दै

– उर्गेन तामाङ 
चितवन । मानव बेचविखन तथा  ओसारपसार नियन्त्रणका लागी चितवनका सरोकारवालापक्षले सामुहिक प्रतिवद्धता जनाएका छन् ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवसको अवसर पारी भरतपुर महानागरपालिकाले शुक्रवार आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायले सामुहिक प्रतिवद्धता जनाएका हुन । 

कहालीलाग्दो मानव बेचविखनको घट्ना नियन्त्रणका लागी आआप्mनो स्थानबाट भुमिका खेल्ने प्रतिवद्धता जनाएका थिए । उनिहरुले राज्यको प्रयासमा सवैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

सबै लाग्नुपर्छ 
राष्ट्रियसभाको राष्टिय सरोकार तथा समन्वय समिति सभापति दिल कुमारी रावल पार्वतीले राज्यको एकल प्रयासले मात्रै मानव बेचविखन तथा ओसारपसार नियन्त्रण हुन गाह्रो पर्ने बताईन । जसका लागी सवै सरोकारवालापक्षले, व्यक्ति व्यक्तिले प्रतिवद्धता जनाएर लाग्नुपर्नेमा उनको जोड थियो ।

धेरै कानुन बन्ने, संसोधन हुने क्रममा रहेको बताउदै रावलले कानुन कार्यान्वयन गराउने निकाय प्रहरी प्रशासन, स्थानिय सरकार लगायत विभिन्न संघ संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताईन । 

मानव वेचविखन तथा ओसारपसाररहित महानगर
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरलाई मानव वेचविखन तथा ओसारपसार रहित बनाउने संकल्पका साथ काम गरीरहेको बताएकी छिन । घट्नाको दरलाइ क्रमस घटाउदै लगीने बताउदै दाहालले आगामि वर्ष कम भएको तथ्याङक सार्वजनिक हुने विश्वास व्यक्त गरीन ।

सम्बन्धीत सरोकारवालापक्षसँग छलफल भईरहेकाले वडा वडामा पुग्ने कार्यक्रम छ्टिटैनै अघि बढ्ने पनि जाजकारी दिईने । जोखिममा रहेका समुदाय, लिंग, क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर काम भईरहेकाले चाँडैनै सकरात्मक परिणाम देख्न पाईने बताईन । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रहरी प्रसासनलाई स्थानियस्तरबाट सर्वसाधारणले आवश्यक सहयोग गरे नियन्त्रण गर्न सकिने बताए । जिल्लामा र जिल्ला हुँदै आन्तरीक तथा बाह्य घट्नामा प्रसासन सचेत रहेकाले रोकथापका लागी सवैले हातेमालो गर्नुको विकल्प नभएको बताए । 

अन्तराष्ट्रिय विवाहलाई कानुनि प्रतिवन्ध आवश्यक
जिल्ला बार एसोसिएसनका अध्यक्ष कमल पाठकले नेपाली महिलालाई विवाह गरेर अन्य राष्ट्रमा लैजान कानुनी रुपमै प्रतिवन्ध लगाउनुपर्ने बताएका छन । पाठकले विवाहको बहानामा धेरै नेपाली महिलाहरु मानव वेचविखनको सिकार बनिरहेको पाईएकाले कानुनि प्रतिवन्धको आवश्यक्ता खड्कििएको बताए । केहि समयअघि चीनमा विहे गरेर गएका नेपाली चेलीहरु मानव तस्कारहरुको जालोमा फसेको उदाहरण फेला परेको बताउदै कानुनी प्रतिवन्ध आवश्यक रहेकोमा उनको जोड छ । कानुनी व्यवस्थाको गलत फाईदा उठाएर महिलाको घर परिवारलाई पनि प्रलोभनमा पारी सहजै सिमा पार गर्ने गरेको उनले बताए । 



एक्सन प्लान
प्रहरी नायव उपरिक्षक सालीकराम पौडेलले जिल्ला प्रहरी कार्यालयले जिल्लाको वडा वडामा पुग्ने एक्सन प्लान बनाइरहेको बताए । मानव वेचविखन तथा ओसारपसार, सामाजीक विकृति विसंगति नियन्त्रणका लागी एक साताभित्र कार्यक्रम बनाएर महानगरमा प्रस्ताव गर्ने तयारी भईरहेको डिएसपी पौडेलले बताए । 

कार्यपत्र समेत प्रस्तुत गर्दै डिएसपी पौडेलले वेचविखनमा परेकामध्ये ४६ प्रतिशत वेश्यावृत्तिमा जवरजस्ती सम्लग्न हुन बाध्य बनाउनेगरेको बताए । यस्तै २७ प्रतिशत घरेलु कामदारका रुपमा, १० प्रतिशत कृषी क्षेत्रमा, ५ प्रतिशत उद्योग कलकारखानामा र १२ प्रतिशत विविद स्थानमा बन्धक बनाउने गरेको तथ्यांक रहेको उल्लेख गरे । 
होटल, मनोरञ्जन, विभिन्न संघ संस्था खोल्ने, सञ्चालन गर्ने बहानामा यौन सोसण तथा मानव तस्कर मौलाएकाले सवैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

पैसा, यौन शोषण र दासका लागि मानव तस्करी
जिल्ला न्यायधिस यदुनाथ सर्माले पनि मानव बेचविखन तथा ओसारपसारको अवस्था र कानुनी प्रकृयाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालसहित विश्वको तथ्याङ्क हेर्दा पैसा, यौन सोषण र दासका लागी मानव तस्करी हुनेगरेको बताए । मानव तस्करीमा संलग्नलाई २० वर्ष कदै र दुई लाख जरिमानाको व्यवस्था रहेपनि मुख्य तस्करी उम्कने गरेको उनको भनाई छ । सर्माले तस्करी, दलालीहरुलाई कानुनी कठघरामा उभ्याउन सवैले आआप्mनो स्थानबाट सुचना दिएर सहयोग गर्न आग्रह गरे । विषेश गरी अशिक्षा, गरीवि र वेरोजगारीका कारण तस्करी नियन्त्रणमा समस्या रहेकाले राज्यले यसप्रति अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष सर्मिला न्यौपाने, छहारी यातायात व्यवासी संघका बदी्र पौडेलले पनि मानव वेचविखन तथा तस्करी नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले वडा अध्यक्षहरुको बैठक डाकिसकेकाले यस विषयमा पनि छलफल गर्ने बताए । 
नारी अभुदय केन्द्रकी निवर्तमान अध्यक्ष मनु कुमारी सेनले स्थानिय सरकारले वडाले वैदेशिक रोजगारीमा जाने आउने तथा वडाको सवै तथ्याङ राख्ने निगरानि गर्ने हो भने नियन्त्रण हुने बताए । 
 

प्रतिक्रिया दिनुहोस