७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा ?

एजेन्सी

शुक्रबार, २० भदौ २०७६, ०८ : ३२
७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा ?

एजेन्सी । भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ बर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयां तरंग उत्पन्न भएको छ ।

महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन् । ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन् ।’

यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस