अफगानिस्ताको काबुलमा बम विस्फोट , दुई नेपालीको मृत्यु

बुधबार, १८ भदौ २०७६, ०८ : २७
अफगानिस्ताको काबुलमा बम विस्फोट , दुई नेपालीको मृत्यु

काठमाडौं । अफगानिस्तानमा सोमबार राति पौने १० बजे भएको बम विस्फोटमा परी दुइ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको बम विस्फोटमा एक सय १९ जना घाइते भएका छन् ।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा दुई नेपालीको मृत्यु भएको जनाएको छ । विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोप्लाका चन्द्र पुन रहेको बताइएपनि दूतावासबाट यसको औपचारिक पुष्टि भने भएको छैन। उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस