नङ्ग टोक्ने बानी हुँदा....

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, २२ : ३४
नङ्ग टोक्ने बानी हुँदा....

file-photo

काठमाडौं । हामीलाई बच्चैदेखिनङ्गटोक्ने बानी राम्रो होइन भनेर  आएको छ । हाम्रा शिक्षकदेखि आमाबाबु सबैले हामीलाई नङ्ग टोको देख्ने बित्तिकै गाली गर्दै आएका छन् । 

अहिले बेलायतमा एक व्यक्तिले यही नङ्ग टोक्ने नराम्रो बानीले गर्दा ज्यान गुमाउनु परेको छ ।

 जोगार्डनर नामक ती व्यक्तिले नङ्ग टोक्दाटोक्दै अचानक मुटुले काम गर्न छाडेपछि मृत्यु भएको हो । दुई हप्तासम्म अस्पतालमा राखेरउपचार गर्ने क्रममा ती व्यक्तिको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।

जोनसँग नजिक रहेकाहरुले उनलाई नङ्ग टोक्ने नराम्रो बानी रहेको र त्यही कारणले उनलाई सेप्टिक इन्फेक्सन भएको थियो । यही इन्फेक्सनले गर्दा उनको मुटुले अचानक काम गर्न छाड्यो र उनी मृत्युको मुखमा पुगे । अपरेसनपछि उनको शरीरमा रहेको नङ्गको अवशेष निकालेपछि स्वास्थ्यमा सुधार आएको थियो तरपछि अचानक उनको मृत्यु भयो ।


जोनका आमाका अनुसार जोन डाइबिटिजका बिरामी थिए र डिप्रेशनसँग लडि रहेका थिए । जोनका डाक्टर डेनियल पेरननले पनि उनको नङ्ग सँधै खराब अवस्थामा भेटिन्थ्यो । उनको मुटुले काम गर्न छाडेपछि उनलाई एन्टिबायोटिक दबाई दिएर उपचार गरिएको थियो ।

 त्यसपछि उनको शरीरबाट नङ्गको अवशेषहरु सर्जरी गरेर निकालेपछि स्वास्थ्यमा सुधार आएको थियो । तर पनि उनलाई बचाउन भने सकिएन ।

प्रतिक्रिया दिनुहोस