७ वटा आधुनिक वरुणयन्त्र भरतपुर विमानस्थलमा आइपुग्यो, अन्य ६ ठाँउमा पठाइँदै

उर्गेन तामाङ

सोमबार, १६ भदौ २०७६, १९ : १०
७ वटा आधुनिक वरुणयन्त्र भरतपुर विमानस्थलमा आइपुग्यो, अन्य ६ ठाँउमा पठाइँदै

- उर्गेन तामाङ
चितवन । नेपालका विभिन्न ७ वटा विमानस्थलका लागि अत्याधुनिक वरुणयन्त्र चितवनको भतरपुर आइपुगेको छ । भरतपुर विमानस्थलसहित ७ वटा विभिन्न विमानस्थलका लागि आधुनिक वरुणयन्त्र आइपुगेको भरतपुर नागरीक उड्यन कार्यालयले जनाएको छ । 
कार्यालयका उपप्रवन्धक एवंम भरतपुर विमानस्थलका सुचना अधिकारी दिपक विकका अनुसार २ वटा ठुला क्षमताका र ५ वटा साना क्षमताका गरी ७ वटा आधुनिक वरुणयन्त्र भरतपुर आइपुगेको हो । अष्ट्रीयाबाट ल्याईएको उक्त वरुणयन्त्र डेढ साताअघि भरतपुर विमानस्थलमा आईपुगेको हो । 

७ वटा विमानस्थलमा राखिने 
भरतपुर विमानस्थल र धनगढी विमानस्थलका लागि ठुलो क्षमताको वरुणयन्त्र रहनेछन । यस्तै पहाडी क्षेत्रका विमानस्थल मुस्ताङको जोमसोम, मुगुको रारा, जुम्ला विमानस्थल, हुम्लाको सिमीकोट र संखुवासभाको तुम्लिङटार विमानस्थलका लािग सानो क्षमताको वरुणयन्त्र रहेका छन् । 
ठूलो क्षमताको प्रतिगोटा ३ करोड र सानो क्षमताको प्रतिगोटा १ करोड पर्ने उक्त वरुणयन्त्र नागरीक उड्यन प्राधिकरण केन्दी्रय कार्यालयले खरिद गरी पठाएको हो । करिव नेपाली ११ करोड रुपैयाँमा खरिद गरी अष्ट्रीयाबाट नेपाल ल्याइएको विकले बताए । सँगै ल्याइएको अन्य २ ठूला वरुणयन्त्र भने यसअघि नै जनकपुर र चन्द्रगढीका लागि गइसकेको छ । 

क्षमता ?
२ ठूला क्षमताको वरुणयन्त्रमा २५०० लिटर पानीको ट्याङ्की र ३ सय लिटरको फम ट्याङ्की रहेको छ । फम एक प्रकारको रसायन हो, यो पेट्रोलीयम पदार्थमा भएको आगलागी लगायत ठुला आगलागी नियन्त्रणमा पानीको साटो प्रयोग गर्ने गरीन्छ । ठुला क्षमताको वरुणयन्त्रले पाइपमार्फत ४५ मिटर टाढाको आगो निभाउन सक्छ । 


यस्तै साना क्षमताका ५ वटा वरुणयन्त्र प्रतिगोटा १ करोडमा खरिद गरी ल्याइएको हो । यसमा २ सय लिटरको पानीको ट्यांकी र २० लिटरको फम ट्याङ्की रहेको छ । यस्ले २० मिटर टाढासम्मको आगो निभाउन सक्ने बताइएको छ । 
यी ७ वटै वरुणयन्त्र विमानस्थल वरपरको ४ किलोमिटर क्षेत्रमा भएको आगोलागी नियन्त्रणमा प्रयोग गर्नसकिने सुचना अधिकारी विकले बताए । ठुला भौतिक संरचना, विमान दुर्घट्ना लगायत विभिन्न ठूला आगालागीका घट्नामा प्रयोग गर्नसकिने बताईएको छ । यो आधुनिक प्रविधि जडित रहेकाले निक्कै प्रभावकारी हुने विकले बताए । खवर पाएको ३ मिनेटमा घट्नास्थलमा पुग्नेगरी तयारी अवस्थामा रहनेछन् । 

तालीमपछि मात्रै प्रयोग
यी ७ वटै वरुणयन्त्र अहिले भरतपुर विमानस्थलमा रहेका छन् । विकका अनुसार सेप्टेम्बरमा अष्ट्रीयाबाट विज्ञ टोली नेपाल आएर यसको प्रयोग गर्ने तरीका, चुनौती लगायत विविध विषयमा सम्बन्धीत विमानस्थलका कर्मचारीलाई तालीम दिनेछन् । त्यसपछि सम्बन्धीत विमानस्थलमा लगेर प्रयोग गर्नेछन । तालीमका लागि सम्बन्धीत विमानस्थलका अधिकारीहरु भरतपुर आउनेछन् । 
२०१५ सालबाट सञ्चालनमा आएको चितवनको भरतपुर विमानस्थलसहित यी सातवटै विमानस्थलमा पहिलोपटक आधुनीक वरुणयन्त्र ल्याइएको हो । अब विमानस्थल क्षेत्रमा ठुला आगोलागीका घट्नाबाट हुने क्षति न्युनिकरणमा महत्वपुर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस