मुख्यमन्त्री पौडेलद्वारा तीजको शुभकामना

सोमबार, १६ भदौ २०७६, १३ : १४
मुख्यमन्त्री पौडेलद्वारा तीजको शुभकामना

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिन्दू नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीलाई हर्षोल्लासपूर्वक तीज मनाउन अनुरोध गर्नुभएको छ । 

मुख्यमन्त्री पौडेलले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “सभ्यता, संस्कृति र कलामा सयौँ वर्ष अगाडिदेखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा छन्, बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।” हरितालिका तीज पर्वले हामी सबैमा सांस्कृतिक तथा पारिवारिक, सामाजिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोय पुग्ने उहाँले  विश्वास व्यक्त गर्नुभएको छ । –रासस

प्रतिक्रिया दिनुहोस