नबिन अटो सेन्टरका आधा दर्जन बढि कामदारलाई डेङ्गु

उर्गेन तामाङ

आइतबार, १५ भदौ २०७६, १९ : २०
नबिन अटो सेन्टरका आधा दर्जन बढि कामदारलाई डेङ्गु

- उर्गेन तामाङ
चितवन । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण चितवनबासिको दैनिकी प्रभाबित बनिरहेकोछ । वर्कसप, ग्यारेज, कबाडी सेन्टरमा काम गर्ने मिस्री तथा कामदारहरु डेङ्गुबाट बढी प्रभाबित भएका छन । 

डेङ्गुले मिस्रीहरु बिरामी हुदा सेवाग्राही प्रभाबित भएको नारायणगढ्स्थित कमलनगरमा रहेको नवीन अटो सेन्टरका स्टोर इन्चार्ज रामनारायण चौधरिले बताए । चौधरिका अनुसार सेन्टरका अधिकाम्स मिस्रीलाई डेङ्गु लागेको छ । 

१५ जना मध्ये ३ जनालाई उपचारपछि घर पठाइएको, ३ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने केहि डेङ्गुको आसन्कामा चेकजाँचका लागि अस्पताल गएकाछन । मिस्त्री थोरै भएपछी सेन्टरले एमर्जेन्सी भएकाहरुलाई मात्रै सेवा प्रदान गरिरहेको चौधरीले बताए । 

भरतपुरको बिसेसगरी अटो सेन्टर, ग्यारेज तथा कबाडी संकलन केन्द्रहरु रहेको बजार छेत्र डेङ्गुबाट बढि प्रभाबित भएका छन । इन्चार्ज चौधरिले सबैले आआफ्नो छेत्रमा सरसफाइ गरेको भए यस्तो समस्या नआउने बताए ।

आफुहरुले अहिले भने औषधि छर्किने, सरसफाई गर्ने लगायतका काममा ध्यान दिइरहेको बताए । एक जनाले, कुनै एक स्थानमा मात्रै नभइ सबैले सबै ठाउमा सरसफाइ गर्ने र सचेत हुने हो भने मात्रै नियन्त्रण गर्नसकिने चौधरिको भनाइ छ । 

पछिल्लो तथ्यांक अनुसार चितवनमा ४५० जना भन्दा बढि डेङुका बिरामी छन भने भरतपुर महानगरपालिका बढि प्रभाबित छेत्र हो ।

प्रतिक्रिया दिनुहोस