डेङ्गुु रोकथामका लागि डोटीमा पनि अभियान सुरु

रासस

आइतबार, १५ भदौ २०७६, १५ : ०४
डेङ्गुु रोकथामका लागि डोटीमा पनि अभियान सुरु

–विमलबहादुर विष्ट
डोटी ।
पहिलो पटक डेङ्गुु रोगका कारण जिल्लामा एकको हालै मृत्यु भएपछि आजदेखि त्यसको रोकथामका लागि पहल थालिएको छ । उक्त अभियानका क्रममा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेङ्गुुका बारेमा जानकारी गराउनाका साथै डेङ्गुु सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थान खोजी र नष्ट गर्न थालिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “डेङ्गुुका कारण एकजनाको मृत्यु भएपछि हामी त्यसको रोकथाम गर्ने अभियानमा छौँ, जिल्लाभर यो अभियान शुरु गर्छौ ।” जिल्लामै पहिलो पटक यही भाद्र ५ गते डेङ्गुुका कारण दिपायल सिलगढी नगरपालिका–६ थाप्ला बस्ने ४२ वर्षीया छत्रकुमारी मलासी ‘छायाँ’को मृत्यु भएकाले रोकथामका लागि अभियान शुरु गरिएको हो । 

नगरप्रमुख मञ्जु मलासी, जिल्ला समन्वय समिति उप–प्रमुख शशी शोव, प्रमुख जिल्ला अधिकारी पौडेल, प्रहरी उपरीक्षक विद्यानन्द माझी, स्थानीय जनप्रतिनिधि, जिल्ला अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रलगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेङ्गुु रोग सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थान खोजी र नष्ट गर्न थालेका हुन् । 

नगरपालिकाको थाप्ला गाउँमा जाँदा ‘टाईगर मस्किटो’ भनेर चिनिने एडिस प्रजातीको लामखुट्टे फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका विष्णुराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गुु नियन्त्रण अभियानमा जाँदा हामीले केही स्थानमा एडिस लामखुट्टेले पानीमा फुल पारेको भेटायौँ र उक्त फुल नष्ट ग¥यौँ, जिल्लामा अभियान सञ्चालन गरेर यस्ता लामखुटृे नष्ट गछौँ ।” त्यसैगरी दिपायल सिलगढी नगरपालिकाभित्रका स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेङ्गुुको रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखिकरण कार्यक्रम गरिएको उक्त नगरपालिका स्वास्थ्य इकाइ संयोजक राजु खड्काले जानकारी दिनुभयो । 

स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेविकाले  काम गर्ने गाउँमा आमा समूह र महिला समूहमार्फत डेङ्गुुबारे सचेतना फैलाउनुपर्ने  निर्णयसमेत गरिएको छ । त्यस्तै जिल्लामा रहेका बिभिन्न विद्यालयसमेतमा डेङ्गुुको बारेमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डेङ्गुु नियन्त्रणलगायत त्यसको बारेमा जानकारी दिन जिल्लाका सबै विद्यालयका विद्यार्थीसमेतलाई परिचालन गर्ने तयारीमा छौँ ।” डेङ्गुुबाट बच्न विशेषगरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँ र भाँडाकुँडामा जम्मा भइराखेको पानी, टायर, बोत्तल र बिर्कोलगायत खोजी गरी त्यसका फुल नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागमा मलम प्रयोग गर्नुपर्नेलगायत उपाय अपनाउनुपर्ने जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। मिश्रले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस