सालिकरामको परिवार न्यायको व्यग्र प्रतिक्षामा : भिडियो खिच्ने व्यक्ति खोज्न माग

उर्गेन तामाङ

विहीबार, १२ भदौ २०७६, १८ : ४७
सालिकरामको परिवार न्यायको व्यग्र प्रतिक्षामा : भिडियो खिच्ने व्यक्ति खोज्न माग

- उर्गेन तामाङ
चितवन । मृतक पत्रकार सालिकराम पुडासैनिका दाजु विष्णु पुडासैनिले आफूहरु न्यायको प्रतिक्षामा रहेको बताएका छन् । आत्महत्या दुरुत्साहत मुद्धा खेपिरहेका सञ्चारकर्मी रवि लामिछानेसहित युवराज कंडेल र नर्स अस्मिता कार्की धरौटीमा रिहा भएपछि विष्णूले आफूहरु न्यायको व्यग्र प्रतिक्षामा रहेको बताएका हुन ।  

उनले चितवन जिल्ला अदालतको आदेशले सालिकरामको हत्या भएको आशंका बढाएको बताए । अदालतले सालिकरामको भिडियो अर्को व्यक्तिले खिचेको हुनुपर्छ भनेकाले आफूहरुलाई आत्महत्या नभई हत्या हो भन्नेतर्फ अनेक आशंका बढाएको उनको भनाई छ । 
प्रहरीको अनुसन्धान तथा पोसमार्टम रिपार्ट लगायत विभिन्न रिपोर्टले आत्महत्या नै भएको पुष्टि गर्दै आत्महत्या दुरुत्साहत मुद्धा दर्ता गरेको थियो । यस्तो अवस्थामा अदालतको आदेशमा अर्को व्यक्तिले भिडियो खिचेको हुनुपर्छ भन्दा कसैले बाध्यतामा पारेर भिडियो खिचेर हत्या गरेको हुनसक्ने विष्णुको दावी छ । 

अदालतको आदेशपछि घट्ना थप रहस्यमय बनेको उनको भनाई छ । विष्णुले भने ‘सालिकरामले भिडियोमा रवि लामिछानेसहित युवराज र अस्मिताको नाम लिएकाले उनिहरुविरुद्ध जाहेरी दिएका हौ तर अदालतको आदेशले फेरि दोस्रो व्यक्तिले भिडियो खिचेको हुनुपर्छ भनेपछि हत्या भएको आशंका बढेको छ ।’ 
यद्यपी अदालतमा पुगेको विषय भएकाले आफूहरु न्यायको प्रतिक्षामा रहेको उनले सुनाए । भिडियो खिच्ने दोस्रो व्यक्तिको पनि खोजी गर्न प्रहरी प्रशासनसँग उनले माग गरेका छन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा परिवार र अन्य सरोकारवाला पक्षकाबी सल्लाह भईरहेको विष्णुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस